गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हिमाली आवाज । गण्डकी प्रदेशमा मन्त्रीपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै अनुहारलाई निरन्तरता दिँदै बुधबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।प्रदेश प्रमुख सीता कुमारी पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

शपथ लिनुभएका मन्त्रीहरुमा किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन रहनुभएको छ । किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र राजीव गुरुङलाई खेलकूद मन्त्रालय तोकिएको छ । अन्य मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन । खेलकूद मन्त्री गुरुङभने काठमाडौँ भएकाले शपथमा सहभागी हुनुभएन ।

विपक्षी दलहरुले संसदमा अविश्वासको प्रश्ताव दर्तापछि मुख्यमन्त्री गुरुङले वैशाख २६ गते पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि बहुमतिय सरकार गठनका लागि प्रदेशप्रमुखले दिएको समयसीमामा सरकार नबनेपछि संसदको सबैभन्दा ठूलो दलको हैसियतमा गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

Comments
Loading...