हिमाली आवाज । पोखरा स्थित नेलम्बो नेपालले आज रुपा गाउँपालिका र माछापुच्छे« गाउँपालिकाको धम्पुसमा स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष एकदेव देवकोटाले रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र माछापुच्छे«–७, धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।त्यस अवसरमा प्रदान गरिएका सामग्रीको विवरण नेलम्बोका कार्यक्रम संयोजक डा. किसन कोइरालाले प्रस्तुत गर्नुभएको थियो।
रुपा गाउँपालिकालाई पीपिई, फेस शिल्ड, माक्स, सेनिटाइजर, सेनिटाइजर स्टाण्ड, अक्सीमिटर, स्प्रे बोतल, सावुन समेत गरी रु.९४ हजार तथा धम्पुसमा २२ हजार बराबरका सामग्री उपलब्ध गराईएको हो।
कार्यक्रममा धारणा राख्दै गाउँपालिका अध्यक्ष ओझाले सहयोग प्रति आभार प्रकट गर्दै नेलम्बोसँग सहकार्य गर्दै जाने बताउनुभयो।उहाँले प्राप्त सामग्रीको सदुपयोग गरिने विश्वास पनि दिलाउनुभयो।

धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङले महामारीको समयमा अग्रपङतिमा खटिनेहरुलाई लक्षित गरी नेलम्बोले सहयोग गर्दै आएको स्पष्ट पार्दै यसको मूल्याङकन वडावासीले गरिरहेको औँल्याउनुभयो।
नेलम्बोका अध्यक्ष देवकोटाले सरकार, संघसंस्था र नागरिक बीचको हातेमालोबाट मात्रै महामारी विरुद्घ लड्न सकिने धारणा राख्नुभयो ।उहाँले गाउँपालिका र वडासँग सहकार्य गर्न संस्था तयार रहेको पनि स्पष्ट पार्नुभयो।
यसैबीच आजै नेलम्बो नेपालले रुपा गाउँपालिकालाई अस्थायी कोभिड अस्पताल संचालन सहजताका लागि रु. ३ लाख सहयोग गर्ने घोषणा पनि गरेको छ ।जुन रकमबाट अस्पतालमा अक्सीजन पाइपलाइन जडान, अन्य पुर्वाधार निर्माण तथा आवश्यक सामग्री खरिद गर्न सक्ने गरी सम्झौता पनि भएको छ ।
चार वर्ष अघि स्थापित नेलम्बोले गण्डकी प्रदेशलाई लक्षित गरी शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ।