कोरोना संक्रमणबाट डिएसपी राजकुमार केसीको निधन

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक(डिएसपी) राजकुमार केसीको निधन भएको छ ।

डिएसपी केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हुनुहुन्थ्यो । उपचारका क्रममा नेपाल प्रहरी अस्पतालमा आज विहान केसीको निधन भएको हो । यसअघि केसी जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत रहनुभएको थियो । कास्कीबाट उहाँको महानगरीय प्रहरी परिसरमा सरुवा भएको थियो ।

४३ वर्षीय केसी २०५८ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवामा प्रवेश गरी २०६१ सालमा खुल्ला प्रतिष्पर्धाबाट इन्स्पेक्टर हुनुभएको थियो । उहाँ काठमाडौंको मूलपानीका स्थायी बासिन्दा हुनुहुन्छ ।

Comments
Loading...