बादललाई पराजित गर्दै राष्ट्रियसभामा खिमलाल देवकोटा निर्वाचित

काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा निर्वाचित हुनुभएको छ । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी हुनुभएको छ ।

देवकोटा कुल ५ हजार ८८ मतभार प्राप्त गर्नुभयो भने थापाले ४०४१ मतभार पाउनुभयो । नेकपा एमालेको माधव नेपाल पक्षका मतदाताले देवकोटालाई मत दिएपछि उहाँको विजय सम्भव भएको हो ।

निर्वाचन आयोगका अनुसार ३४७ मतदातामध्ये प्रदेश सभाका ४ जना सदस्य मतदानमा अनुपस्थित भएका थिए भने स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ५ जना अनुपस्थित भएका थिए ।

Comments
Loading...