राष्ट्रपतिद्धारा पुन : वैकल्पिक सरकार गठनका लागि आह्वान

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७५ (५) अनुसार पुनः प्रधानमन्त्री नियुक्तका लागि आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो ।  यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिनुभएको छ ।

प्रधानमन्त्रीले पदबाट राजीनामा नदिइकनै नयाँ सरकारका लागि राष्ट्रपतिले आह्वान  गर्नु गैरसंवैधानिक भएको भन्दै कानून विद्हरुले भने राष्ट्रपतिको कदम असंवैधानिक भएको प्रतिक्रिया दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली ठूलो दलको संसदीय दलको नेताको हैसियतले धारा ७६ (३) प्रधानमन्त्री नियुक्त भए पनि धारा ७६ (४) अनुसार एक महिनाभित्र विश्वासको मत नलिई अर्को प्रधानमन्त्री नियुक्तिका लागि सिफारिस गरिएको छ ।

Comments
Loading...