ओलीद्वारा दोस्रो पटक जननिर्वाचित संसद् विघटन, मध्यराति कार्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा

हिमाली आवाज । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः दोस्रो पटक जननिर्वाचित संसद् विघटन गरेका छन् ।

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान संसद् विघटन गर्दै कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी पूर्ण नभएको भन्दै खारेज गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारले अब प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । ओलीले पुनः दोस्रो पटक संसद विघटन गरेका ुहन् । यसअघि पुस ५ गते संसद् विघटन गरी मध्यावधि निर्वाचत घोषणा गरेकामा अदालतले संसद् पुनःस्थापना गरेको थियो । पुनःस्थापित संसद ३ महिनामै विघटन गरिएको हो ।

Comments
Loading...