अहंकारको वृक्षमा विनाशको फल लाग्छ, मध्यावधिको रंगीन सपना महँगो पर्नेछ : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महँगो पर्ने बताउनुभएको छ । प्रवक्ता शर्माले ट्विटरमार्फत अंहकारको वृक्षमा विनाशको फल लाग्ने समेत बताउनुभयो ।

‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो । बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ ।’ शर्माले लेख्नुभएको छ ।

संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महँगो पर्ने चेतावनी दिँदै उहाँले लेख्नुभएको छ,‘महामारीमा मृत्युसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि । इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा ।’

Comments
Loading...