कोरोना संक्रमणबाट पूर्व प्रदेश प्रमुख मल्लको निधन

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको कोरोनाका कारण निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।

लामो समयदेखि निमोनियाले पीडित मल्ललाई कोरोना संक्रमण देखिएपछि निदान अस्पताल,ललितपुरमा भर्ना गरिएको थियो। उपचारको क्रममा आज बिहान ७ बजे उनको निधन भएको बताइएको छ ।

मल्ल विसं २०७४ सालमा तत्कालीन प्रधामन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका थिए। उनलाई २०७६ सालको कार्तिकमा केपी ओली सरकारले पदमुक्त गरेको थियो ।

Comments
Loading...