निर्वाचन क्षेत्र पूर्वाधारको बजेट खोप खरिदमा लगाऔँ : सभापति कोइराला

हिमाली आवाज । कास्की क्षेत्रनं १(१)काप्रदेश सांसद एवं माओबादी केन्द्रका नेता दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई खोप खरिद गर्न मिल्ने बनाउनुपर्ने बताउनु भएको छ ।

गण्डकी प्रदेशको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा आज आयोजित भर्चुअल बैठकमा बोल्दै अर्थ तथा विकास समितिका सभापति रहनु भएका कोइरालाले सो कुरा बताउनु भएको हो ।

उहाँले सवै भन्दा पहिले जनता बचाउनु पर्ने भएकोले आगामी बजेटको ५० प्रतिशत बजेट स्वास्थ्यको क्षेत्रमा विनियोजन गर्नुपर्ने सुझाव दिनु भयो ।
कोइरालाले निर्वाचन पूर्वाधार विकास क्षेत्रको बजेट २ करोड बाट बढाएर रु ५ करोड पु¥याउनु पर्ने र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई खोप खरिद गर्न मिल्ने बनाउन सुझाव दिनु भयो । सांसद कोइरालाले मितब्ययिता भनेर भाषण गर्ने सरकारले अनावश्यक मन्त्रालय थप्दै गएको र प्रदेशको आम्दानी बृद्धि भन्दा अनाबश्यक खर्च गर्न तल्लिन रहेको टिप्पणी गर्नुभयो ।

सत्ता जोगाउन राजनैतिक बैमानी गर्दे खर्च बढाउने बाटोहरु खोज्दै गएको आरोप उहाँको छ । सरकारले तीन वर्षमा आम्दानीका नयाँ स्रोत के के पहिचान ग¥यो भनेर भन्न सक्ने अवस्था नरहेको जनाउदै उहाँले सरकार सत्ता टिकाउन मात्रै तल्लिन रहेको उल्लेख गर्नुभयो ।

Comments
Loading...