पश्चिमाञ्चल अस्पतालमा अक्सिजन अभावमा सात संक्रमितको मृत्यु

हिमाली आवाज । गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिरामीको उपचारका लागि अक्सिजन अभाव भएको छ ।बिहीबार साँझदेखी अस्पतालमा अक्सिजन आपूर्ति कम हुँदा आज विहानसम्म उपचाररत सात  सात बिरामीको  निधन भएको छ ।

हाइ फ्लो अक्सिजन पर्याप्त नहुँदा एक सुत्केरीको पनि निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।  केही दिनयता हाइफ्लो अक्सिजनका बिरामी बढेसँगै अस्पतालमा अक्सिजनको अभाव हुन गएको अस्पतालको कोभिड वार्डका फोकल पर्र्सन डा शरचन्द्र बरालले जानकारी दिनुभयो ।

पश्चिमा क्षेत्रीय अस्पतालमा ८० बेड क्षमताको आइसोलेसनमा कोरोना  बिरामीको उपचार भइरहेको छ । पछिल्लो समय सरकारले गण्डकी अस्पताललाई कोभिड अस्पताल बनाएको छ । जसका कारण अस्पतालको ओपिडि सेवा बन्द छ ।

गण्डकी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नहुँदा निजी  कम्पनीबाट आयात गर्नुपर्र्ने बाध्यता छ । पछिल्लो समय निजी क्षेत्रको अग्रसरतामा अस्पतालमा प्लान्ट राख्न सहयोग संकलन अभियान सञ्चालन भइरहेको छ ।

Comments
Loading...