पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि साढे ८ अर्व बिनियोजन,आगामी वर्ष सञ्चालनमा ल्याइने

हिमाली आवाज । पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको लागि सरकारले रु आठ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष विसं २०७८।०७९ को बजेट आज सार्वजनिक गर्दै विमानस्थलका लागि सो बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

सरकारले आगामी आर्थिक वर्ष भित्रमा विमानस्थल सञ्चालन गर्नेगरी बजेट बिनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकराी दिनुभयो । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको विमानस्थलले जनाएको छ ।

Comments
Loading...