माछापुच्छ्रेमा कोरोना महामारी न्यूनीकरणमा मर्दिखोला समाजको साथ

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिकामा कोरोना संक्रमण बढेसँगै रोग नियन्त्रण र उपचार सेवा प्रभावकारी बनाउन मर्र्दिखोला समाजले सहयोग गरेको छ ।

माछापुच्छ्े गाउँपालिकाले वडा नं ८ को  भेँडाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा कोभिड आईसोलेसन हुदै कोभिड अस्पताल निर्माण प्रकृया अगाडि बढाईएकोमा समाजले रु तीन लाख ५० हजार बराबरको सहयोग गरेको हो ।

ल्वांगघलेल स्वास्थ्य चौकी,माछापुच्छ्रे गाउँपालिका र मर्दिखोला समाज को संयुक्त पहलमा समाजले हङकङ, युकेमा रकम संकलन पश्चात हालसम्म सो बराबरको रकमबाट अक्सिजन कन्सन्टेटर, बेड, १८ जनाका लागि आवश्यक किचन सामान, पोषणयुक्त खाध्यान्न,सर्जिकल सामान र भेडाबारी अस्थाई प्रहरी पोष्टका लागी लोलार प्यानल सहयोग गरेको र सहयोगको क्रम निरन्तर रहेको ल्वाङघलेल स्वास्थ्य चौकी प्रमुख आनन्द बरालले बताउनुभयो ।

परदेशी भुमिमा रहेता पनि जन्मथलोको यादमा पसिना बगाएर कमाएको केही रकम अहिलेको महामारीका समयमा सहयोग गर्न पाउँदा खुःशी लागेको मर्दिखोला समाज कास्की, यूकेका सक्रिया सदस्य विकास गुरुङले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष अध्यक्ष कर्ण बहादुर गुरूङले सहयोग प्रति आभार व्यक्त गर्दै गाउँपालिकाबासीको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराखिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गाउँपालिकाले भेँडाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा कोभिड संक्रमितको रेखदेख तथा स्वास्थ्य उपचारका लागि १३ बेडको आईसोलेसन निर्माण गरेको छ ।

Comments
Loading...