गण्डकी प्रदेशसभा माओवादीका प्रमुख सचेतक गुरुङलाई मातृशोक

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गायत्री गुरुङलाई मातृशोक परेको छ ।

सचेतक गुरुङका आमा ६७ वर्षीया मनमायाको आज विहान २ बजे कोरोना सङ्क्रमणबाट मेडिप्लस अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको माओवादी केन्द्र कास्कीका सचिव समेत रहनुभएका उहाँका ज्वाई बखानसिँह गुरुङले जानकारी दिनुभयो ।

उहाँलाई गत जेठ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि जेठ ५ गतेदेखी पोखरामा उपचाररत हुनुहुन्थ्यो । तनहुँको व्यास नगरपालिका–६ शिशाघाट निवासी स्व गुरुङका एक छोरा र तीन छोरी हुनुहुन्छ ।

गुरुङका तीनै जना छोरी राजनीतिमा सक्रिय हुनुहुन्छ । कान्छी छोरी सावित्रा दुरा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ अन्तरिम व्यवस्थापिकाको सदस्य समेत हुनुहुन्थ्यो भने लक्ष्मी गुरुङ पनि राजनीतिमा हुनुहुन्छ ।

Comments
Loading...