लुम्बिनीमा विपक्षी गठबन्धनका पाण्डे राष्ट्रिय सभा सदस्यमा निर्वाचित

हिमाली आवाज । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ ।

काँग्रेस, माओवादी गठबन्धनका उम्मेदवार पाण्डेले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले पराजित गर्नुभयो । पाण्डेयले ४१४० मत ल्याउँदा खड्काले ३५९४ मत प्राप्त गर्नुभयो ।

आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो।

२११ मतमध्ये पाण्डेयले ११८ मत पाउनुभयो भने भने एमालेका उम्मेदवार खड्काले ९३ मत । प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो। पाण्डेले ४२ मत पाउँदा खड्काले ४० मत प्राप्त गर्नुभयो ।

Comments
Loading...