विश्व दुग्ध दिवस –२०७८ : दुग्धजन्य पदार्थ सेवन गरौँ,दीर्घ जीवन बाचौँ

♦सुरेश कुमार श्रेष्ठ
प्राविधिक अधिकृत
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
गण्डकी प्रदेश पोखरा
एवम महासचिव
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ

ऐतिहासिक पृष्ठभुमिः

विश्व दुध दिवस विश्वभरि नै जुन १ तारिखका दिन मनाउने गरिन्छ । यो दिवस विश्व भरिको धेरै देशहरुको सहभागितामा पहिलो पल्ट सन् २००१ बट मनाउन शुरु भएको पाईन्छ । यो दिवस मनाउने प्रचलन वर्षै पिच्छे वढदो छ । विश्व भरिका देशहरुले दुध तथा दुग्ध उद्योगहरुको क्रियाकलापहरुको प्रचार प्रसार गर्नको लागि विश्वभरिनै ध्यान केन्द्रित गर्नको लागि यो दिवस मनाउने गरिन्छ । मलेसिया,कोलम्बिया,रोमानिया जर्मनी, संयुक्त अरव, अमेरिकाबाट यो दिवस मनाउन शुरु भएको पाईन्छ ।

दुध के हो 

दूध भन्नाले स्वस्थ गाई वा भैसीको थूनबाट दुहेको र स्वभाविक अवस्थाको स्वच्छ ताजा श्रावलाई सम्झनु पर्दछ जुन पशु व्याएको ५ दिन पछि र व्याउनुभन्दा कमसेकम २ महिना अगाडी दुहिएको हुन्छ ।

गाईको दूध भन्नाले ३.५ प्रतिशत दूधको चिल्लो र सो चिल्लो बाहेक दूधको ठोस पदार्थ ७.५ प्रतिशत भन्दा घटि नभएको दूध र भैसीको दूध भन्नाले ५ प्रतिशत दूधको चिल्लो र सो चिल्लो बाहेक दूधको ठोस पदार्थ ८ प्रतिशत भन्दा घटि नभएको हुनुपर्दछ ।

नेपालको कुल दूध उत्पादनको करिव ७० प्रतिशत योगदान भैसीवाट र ३० प्रतिशत योगदान गाईवाट भएको पाईन्छ ।नेपालको कुल ग्राहस्थ उत्पादन मा करिव १२ प्रतिशत योगदान रहेको छ ।कृषि क्षेत्रको ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रवाट करिव एक तिहाई योगदान रहेको छ । डेरि क्षेत्रवाट १२।३६ प्रतिशत रहेको छ । नेपालमा दुधको उत्पादन वृद्धिदर करिव ५ प्रतिशत  ले वृद्धि भएको देखिन्छ । नेपालमा हाल दुध उत्पादन ३०३ लाख मेट्रिक टन दुध उत्पादन भएको छ ।

दुधको महत्व तथा पौष्टिक तत्वहरुः

पौष्टिकताको दृष्टिकोणले दुध एक सर्वोत्म र सन्तुलित आहारा हो । जुन वालक वृद्ध रोगि सवैकोलागि त्यतिकै महत्वपूर्ण मानिन्छ । दुधको सामाजिक तथा धार्मिक महत्व  छ । यसको अतिरिक्त विगौती दूधले नवजात शिशुलाई प्रशस्त मात्रामा शक्ति प्रोटिन भिटामिन खनिज पर्दाथ प्रदान गर्नुका साथै रोगसँग प्रतिकार गर्न सक्ने शक्ति प्रदान गर्छ ।

 दुधको पौष्टिक महत्वः

दुधमा निम्नानुसारको पौष्टिक तत्वहरु पाईन्छ ।

१ प्रोटिन

२ फ्याट

३ ल्याक्टोज

४ खनिज लवणहरु

५ भिटामिनहरु

६ पानी

सफा दुध उत्पादन गर्दा ध्यान दिनु पर्ने कुराहरुः

दुध मानिसको सर्वोत्कृष्ठ भोजनमा पर्दछ ।दूध पोषिलो भोजन हो । यसमा धेरै हानिकारक सुक्ष्म जीवले पनि आक्रमण गर्न सक्ने र दूधको गुणस्तर विगार्न सक्दछ । यदि दुध सफा र स्वच्छ संग दुध उत्पादन गर्न सकिएन भने मानिसको स्वस्थ्यमा समेत प्रत्यक्ष असर पदर्छ ।

 दुध उत्पादन गर्ने कृषकले  सवै भन्दा वढि सफा दुध उत्पादन गर्न ध्यान दिनु पर्छ ।

 संकलन कर्ताले पनि दुध सफा राख्न होसियार हुनु पर्छ ।

 ढुवानि कर्ताले पनि ध्यान दिनु पर्छ ।

 प्रशोधन गर्ने स्थानमा पनि ध्यान दिनु पर्छ  ।

 दुध भण्डारणको लागि उपयुक्त तापक्रम ४ देखि ५ डिग्रि से को तापक्रम मिलाउनु पर्छ ।

 दुधलाई छानेर छानेर क्यानमा राख्नु पर्दछ ।

 दुध दुहुने वाल्टिन सफा राख्नु पर्दछ ।

 दानापानि सफा दिनु पर्दछ ।

 दुध संकलन केन्द्रवाट सकेसम्म छिटो प्रशोधन केन्द्र सम्म पुर्याउनु पर्दछ ।

 आन्तरिक तथा वाह्य परजिविको औषधिहरु समय समयमा उपचार गर्नु पर्दछ ।

 महामारि सरुवा रोगकोविरुद्धको खोप समय समयमा लगाउनु पर्छ ।

सफा दुध उत्पादनका व्यवस्थापनका पक्षहरुः

 गाई भैसी पालनको मुख्य उदेश्य भनेकै दूध उत्पादन हो । दूध मानिसले खाद्य पदार्थको रुपमा प्रयोग गर्दछन् ।  त्यसैले गाई भैसी पालक कृषकहरुले जति सक्दो वढि दुध उत्पादन कसरि गर्न सकिन्छ त्यसमा तल्लिन रहनु पर्दछ । आफ्नो फार्ममा कसरि सफा दुध र स्वच्छ हाईजेनिक दुध उत्पादन गर्न सकिन्छ । त्यसमा ध्यान दिनु पर्छ ।जुन दुध किटाणु र विषाणुवाट मुक्त र मानव उपयोगि हुनु पर्छ । दुधको स्वच्छता कायम राख्नकोलागि उत्पादन संकलन प्रशोधन र वजारिकरणसम्म उचित ध्यान दिनु पर्दछ । निम्नानुसारको विषयहरुमा ध्यान दिनु पर्छ ।

१ गाई भैसीको गोठ व्यवस्थापन ।

२ गाई भैसिको स्वास्थ्य व्यवस्थापन ।

३ गाई भैसीको आहाराको व्यवस्थापन ।

४ दुध दुहुने व्यक्तिको स्वास्थ्य व्यवस्थापन ।

५ दुध दुहुने भाडाको सरसफाई ।

६ दुध संकलन तथा ढुवानि व्यवस्थापन ।

दूधको महत्वका बारेमा जनचेतना जगाई नाकारात्मक सामाजिक मान्यताहरु हटाउनका लागि नेपालमा पनि केही वर्ष यता देखि विश्वदुग्ध दिवस मनाउदै आईएको छ । यसै सन्दर्भमा विसं २०७८ जेठ १७ गते( सन् २०२१ जुन १) का दिन  पनि “दुग्ध तथा दुग्ध पर्दार्थाको सेवन कोरोना भाईरस विरुद्ध दीर्घ जीवन” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमहरुको आयोजना गरी विश्व दूध दिवस २०७८ मनाउन लागिएको हो ।

तर यस वर्ष कोभिड १९ को महामारी संक्रमण भई मानिसहरुले मृत्यवरण गरिरहेको र देश बन्दाबन्दीको अवस्थामा रहेको समयमा खासै कुनै पनि रचनात्मक क्रियाकलापहरु संचालन भने गर्न नसकेको व्यहोरा अनुरोध गर्दै दुग्ध तथा दुग्ध पदार्थको सेवन गरी कोरोना भाईरस विरुद्ध दिर्घ जिवन जिऔँ  र  घरमै बसौ सुरक्षित रहौ ।

 

हामि सबैको दुधमा मन 

जय पशुधन

धन्यवाद

Comments
Loading...