सार्दिखोला स्वास्थ्य चौकीलाई सार्दिखोला समाज युकेद्धारा सहयोग

हिमाली आवाज । सार्दिखोला समाज युकेले सार्दिखोला स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

समाजले अक्सिजन कन्सन्टेटर, अक्सिमिटर, एन्टीजेन टेस्ट किट, पिपिई, साबुन, सेनीटाइजर, मास्क लगाएतका रु तीन लाख २४ हजार बराबरको सामग्री प्रदान गरेको हो ।

सार्दिखोला स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष विक्रम गुरुङ्गलाई ती सामग्री हस्तान्तरण गरिएको थियो । यसैगरी सार्दिखोला समाज युकेका समाजसेवी ज्ञानकाजी गुरुङ्गले  व्यक्तिगत रुपमा पठाउनु भएको रु ६० हजार पनि छोरा अरुण गुरुङ्गले वडा अध्यक्ष विक्रम गुरुङ्गलाई हस्तान्तरण गर्नुभयो ।

कोरोनाको दोश्रो लहर बढ्दै आउँदा १२ जनामा कोरोना संक्रमण देखिएसँगै माछापुच्छे« गाउँपालिका वडा नं. २ का वडाध्यक्ष, स्वास्थ्य चौकीका कर्मचारी तथा समाजसेवीहरुले सहयोग जुटाउन पहल गर्नुभएको हो । सार्दिखोला समाज युकेका उपाध्यक्ष तथा समाजसेवी अमृत गुरुङ्गको पहल तथा सम्पूर्ण सार्दिखोला युके वासिहरुको छलफल सो सामग्री प्राप्त भएको बताइन्छ ।

हाल प्रदान गरिएको अक्जिन कन्सन्टेटरले आपतकालीन विरामीलाई हस्पिटल नपु¥याइन्जेल जीवन बचाउन सहयोग गर्नेछ । यसै गरि सम्पूर्ण औषधि तथा सामाग्रीको उच्चतम प्रयोग गरि सार्दिखोला वडा नं. २ क्षेत्रलाई सुरक्षित बनाउन दिनरात खट्नुहुन वडाध्यक्ष गुरुङले निर्देशन दिनुभयो ।

स्वास्थ्य चौकीका अहेव शिव केसीले सामाग्रीहरुको आवश्यकता र प्रयोगको बारेमा पनि उक्त कार्यक्रममा प्रष्ट पार्नु भएको थियो । समुदायको तथा देश विदेशमा रहेका सार्दिखोला वासीको सहयोगले आफूहरु पनि उत्प्रेरित भएको कुरा व्यक्त गर्नुभएको छ ।

समाजसेवी तथा सार्दिखोला युके समाजको सहयोग प्रदान गर्नुहुदै ओम गुरुङ्ग तथा मिना गुरुङ्गले पनि ३ दिनमात्रको छोटो समन्वयमा जुटाइएको सहयोग स्वास्थ्य सामाग्रीको भरपुर प्रयोग गरी वडा नं. २ क्षेत्रलाई सुरक्षित राख्नको लागि अनुरोध गर्नुभयो ।

वडा अध्यक्ष विक्रम गुरुङ्गको अध्यक्षतामा आयोजित उक्त हस्तान्तरण कार्यक्रममा माछापुच्छे« मा.वि. प्रधानाध्यापक सन्तोष आचार्यले सवै जनालाई सुरक्षित हुन र आइपरेको परिस्थितिमा सवैलाई सहयोग गर्न आव्हान गर्नुभएको थियो ।

Comments
Loading...