पोखरा चेम्बर र कास्की समाज जापानबाट अक्सिजन सिलिण्डर हस्तान्तरण

हिमाली आवाज । पोखरा चेम्बर अफ कमर्स कास्की र कास्की पोखरा समाज जापानले बुधबार पोखरा महानगरपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन् । कार्यक्रममा चेम्बरको तर्फबाट १० र समाजको तर्फबाट २० गरी ३० थान सिलिण्डर प्रदान गरिएको हो ।

चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनार र कास्की पोखरा जापानका महिला उपाध्यक्ष अन्जु भण्डारीले मेयर मानबहादुर जिसीलाई सिलिण्डर हस्तान्तरण गर्नुभयो । मेयर जिसीले अक्सिजन सिलिण्डरले कोभिडका बिरामीलाई उपचारमा सहयोग पुग्ने बताउँदै महानगरले वडा नम्बर २७ को वडा कार्यालय(साविक लेखनाथ नगरपालिकाको भवन)मा कोभिड अस्पताल सञ्चालन गरेको जानकारी दिनुभयो ।

चेम्बरको एक व्यवसायी एक अक्सिजन सिलिन्डर अभियान बुधबार समापन भएको छ । सिलिण्डर तथा आर्थिक संकलन अभियानमा अध्यक्ष किसान सुनार, वरिष्ठ उपाध्यक्ष गिता तिवारी गौतम,उपाध्यक्ष प्रेम भुजेल,प्रेम सुवेदी, टिका गुरुङ, जीवन तिवारी, डिल्ली पाण्डे अभियामान संलग्न हुनुहुन्थ्यो ।

संस्थाले कोरोना महामारीका कारण अक्सिजन सिलिन्डर अभाबका कारण पिडितहरुले अकालमा ज्यान गुमाउनु परेको अबस्थालाई मध्यनजर गरि अभियान शुरु गरेको हो । अभियान अन्तर्गत कास्की पोखरा समाज जापानको सहयोगमा पोखरा चेम्वरको समन्वयमा सात लाख रुपैया बराबरको ५० वटा सिलिन्डर उपलब्ध गराइसकेको र आर्थिक सहयोग जुट्ने क्रम जारि रहेको बताइन्छ ।

संकलित आर्थिक सहयोग वाट कास्कीका बिभिन्न स्थानीय तहलाइ एक हप्ता भित्र स्वास्थ्य सामाग्री तथा अक्सिजन सिलीन्डर हस्तान्तरण गरिने योजना रहेको कार्यक्रम संयोजक प्रेम सुबेदीले जानकारी दिनुभयो ।

यसअघि पोखरा चेम्वर अफ कमर्स कास्कीले दोस्रो चरणको कोरोना माहामारी व्यवस्थापनमा पोखरा चेम्वरको सामाजिक उत्तरदायित्व अन्तर्गतः ूपोखरा चेम्वर हेल्प डेस्क स्थापना गरी कार्य प्रारम्भ गरिसकेको छ ।

उक्त हेल्प डेस्क मार्फत विभिन्न समितिहरु निर्माण गरि दोस्रो चरणको कोरोना माहामारी व्यवस्थापनमा स्थानीय तह लाई सहजिकरण तथा आम नागरिकको जीवन रक्षाका लागी यस वीचमा अत्यावश्यक वस्तु तथा सेवा संचालन गर्ने व्यवसाय लाई सहजिकरण गर्ने कार्य समेत गर्दै आइरहेको छ ।

 

Comments
Loading...