सरकारले बजेटमार्फत तराईलाई मरुभूमिकरण गर्न खोज्दैछ : अध्यक्ष प्रचण्ड

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले चुरे क्षेत्रलाई मरुभूमिकरण गर्न लागि परेको बताउनुभएको छ ।

चुरे क्षेत्रको ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने विषय बजेटमा समेटिएको भन्दै अध्यक्ष प्रचण्डले सरकारको योजनाप्रति आपत्ति जनाउनुभएको हो । उहाँले यसप्रकारको निर्णय तुरुन्त खारेज गर्न समेत माग गर्नुभएको छ ।

प्रचण्डको भनाई उद्धृत गर्दै उहाँका स्वकीय सचिव गंगा दाहालले भन्नुभयो,‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनबिरोधी निर्णय तुरुन्त खारेज गरियोस् ।’

Comments
Loading...