निषेधाज्ञा जेठ ३१ गतेसम्म थप, किराना पसलहरु बिहान ९ बजेसम्म खोल्न पाइने

काठमाडौँ । काठमाडौं  उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । पछिल्लो समय थप गरिएको निषेधाज्ञा २० गते मध्यरातसम्म जारी छ ।

जेठ २१ गतेदेखि थप गरिएको निषेधाज्ञामा किराना पसलहरु बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

त्यस्तै तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु र डिपार्टमेन्टल स्टोर पनि बिहान ९ बजेसम्म खोल्न पाइने छ । त्यस्तै निर्माण कार्यका लागि ढुवानी हुने सवारी साधनलाई राति सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।

Comments
Loading...