पोखरामा वर्षेनी ३० विद्यार्थीलाई निःशुल्क पढाउने नेविसंघ नेता भुजेलको घोषणा

हिमाली आवाज । पोखराको स्पाइरल ग्यालेक्सी स्कुलले ३० जना विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ ।

स्कुलका संस्थापक डिफन भुजेलले आफ्नो जन्म दिनको उपलक्ष्यमा र विद्यालयका स्वः प्रधानाध्यापक नारायण शर्माको स्मृतिमा हरेक वर्ष ३० जना विद्यार्थीलाई निःशुल्क अध्यापन गराउने घोषणा गर्नुभएको हो ।

विद्यालयका संस्थापक भुजेलले आफ्ना जन्म दिनको अवसर पारी आफ्ना हजुरबुबा पुर्ण बहादुर भुजेलको स्मृतिमा र स्व. प्रधानाध्यापक शर्माको स्मृतिमा गण्डकी प्रदेशका विभिन्न पाँच जिल्लाका स्थानीय तहका विद्यालयहरुमा अध्ययन गर्दै आएका ३० जना विद्यार्थीहरु अब निःशुल्क पढाउने घोषणा गर्नुभएको हो । भुजेल नेपाल विद्यार्थी संघका नेता पनि हुनुहुन्छ । उहाँ पोखरा विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेविसंघको तर्फबाट सभापति पदका प्रत्यासी उम्मेदवार पनि हुनुहुन्छ ।

सामाजिक विकाससँगै शैक्षिक विकासको ज्योति गाउँ गाउँसम्म पु¥याउदै गरीब एवं जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने निर्णय गरेको भुजेलले जानकारी दिनुभयो ।यसै शैक्षिक शत्र देखि लागू हुने गरी गण्डकी प्रदेशका ५ जिल्लाका विभिन्न स्थानीय तहका ३० विद्यार्थीहरुले उक्त कोटामा बिना शुल्क अध्ययन गर्न पाउने भएका छन।

कास्की जिल्लाका ४ ओटै पालिकाका ४÷४ जना विद्यार्थी गरेर १६ जना, तनहुँ , स्याङ्जा र लम्जुङका विभिन्न पालिका बाट ३÷३ जनाका दरले ९ जना साथै यस स्पाइरल स्कुलका पूर्वप्रधानाध्यापक स्व.शर्माको पर्वतमा अवस्थित गृह पालिकाबाट २ जना र अन्य पालिकाहरु बाट ३ जना गरि ५ जनालाई निशुल्क पढाइने बताइन्छ ।

कूल विद्यार्थीहरु मध्ये १५ जना छात्र र १५ जना छात्राले अध्ययन गर्ने अवसर पाउनेछन् । उक्त विद्यार्थीहरुको छनोट प्रवेश परीक्षाबाट हुनेछ र गरिब र जेहेन्दार विद्यार्थीलाई प्राथमिकता दिइनेछ ।

साथै हालसालै कोभिड महामारीमा परेर आफ्नो अभिभावक गुमाउनु भएका विद्यार्थीहरुलाई पढाईमा थप प्रोत्साहन दिदै त्यस्ता विद्यार्थीलाई पनि विशेष किसिमको आधा अथवा पुर्ण छात्रवृत्तिको ब्यवस्था पनि गरिनेछ। बिश्व महामारीमा शिक्षा बाट कोही बञ्चित नहुन र नछुटुन भनेर सो छात्रवृत्ति प्रदान गरेको भुजेलले बताउनुभयो ।

Comments
Loading...