गण्डकी प्रदेशका स्वास्थ्य संस्था र स्थानीय तहलाई रु ३० लाखको स्वास्थ्य सामग्री सहयोग

हिमाली आवाज । बोधि सत्वा विहार काठमाडौँले गण्डकी प्रदेशका स्वास्थ्य संस्था,स्थानीय तह र पत्रकार महासङ्घ कास्की शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि अग्रपंक्तिमा खटिएका संस्थाहरुलाई आज पोखरामा एक कार्यक्रम आयोजना गरी २० थान अक्सिजन कन्सन्टेटर लगायतका रु ३० लाख मुल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको स्थानीय व्यवस्थापन संयोजक दीननाथ बरालले बताउनुभयो । बोधि सत्वा विहार र सामाजिक अभियन्ता शान्त शर्माबाट ती सामग्री प्राप्त भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), गण्डकी प्रदेशको सङ्क्रामक तथा सरुवा रोग अस्पताल, शिशुवा कोभिड अस्पताल, कास्कीका चार गाउँपालिका, पत्रकार महासङ्घ कास्की, फोटो पत्रकार महासङ्घ गण्डकी प्रदेश सहितका विभिन्न सङ्घ संस्थालाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

पोखराका तीन अस्पताललाई १० लिटरको दुई ÷दुई र पाँच लिटरको तीन÷तीन वटा अक्सिजन कन्सन्टेटर वितरण गरिएको संयोजक बरालले बताउनुभयो ।यसैगरी अस्पताललाई जनही एक÷एक सय पिपिई सेट, एक÷ एक काटुन औषधी, मास्क, सेनिटाइजर, फिनेल, ह्याण्डवास, फेसशिल, अक्सोमिटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रतिष्ठानका निर्देशक डा.भरत खत्री, प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बराल, सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा.विकास गौचन, माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी, पत्रकार महासङ्घका अध्यक्ष विमला भण्डारी लगायतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

महानगर प्रमुख जिसीले स्वास्थ्य सामग्रीलाई आवश्यकताको आधारमा प्रयोग गर्ने बताउदै महामारीका बेला निजी क्षेत्रको समेत सहकार्य आवश्यक रहेको बताउनुभयो ।

Comments
Loading...