कामचलाउ प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् हेरफेर, तीन उपप्रधानमन्त्री थपिए(मन्त्रीको नामावली सहित)

काठमाडौं– वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले जनता समाजवादीको महन्त र राजेन्द्र समूहलाई समावेश गरेर मन्त्रिपरिषद्को पुनःगठन गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुले शुक्रबार साँझ नै शपथ लिनुभएको छ । प्रधानमन्त्रीसँग सात मन्त्रालय छन् ।

नवगठित मन्त्रिपरिषद्मा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ कायमै रहनुभएको छ । पौडेलसहित परराष्ट्र मन्त्रालयकोसमेत जिम्मेवारी दिएर रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाइएको छ । जसपाबाट सरकारको नेतृत्व गर्नुभएका राजेन्द्र महतोलाई उपप्रधान र सहरी विकास मन्त्री बनाइएको छ ।

शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइएको छ । जसपाबाट महतो उपप्रधानमन्त्रीसहित सहरी विकास, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अनिलकुमार झा खानेपानी मन्त्रालय, लक्षणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

रेनुका गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक र चन्द्रकान्त चौधरीलाई ऊर्जा तथा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।

Comments
Loading...