मानव जीवनका लागि वातावरणमैत्री सन्तुलित विकास आवश्यक : प्रदेश प्रमुख

हिमाली आवाज । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले स्वस्थ मानव जीवनका लागि वातावरणमैत्री सन्तुलित विकास आवश्यक रहेको बताउनुभएको छ ।

विश्व वातावरण दिवस (जुन ५) को अवसरमा सम्पूर्ण मानवजातिलाई शुभकामना व्यक्त गर्दै उहाँले प्राणी जगतको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण संरक्षणको विषयमा मानवजातिले विशेष ध्यान दिन नसक्दा आज विभिन्न खालका समस्या र चुनौतीहरु देखा परेको जनाउँदै स्वच्छ वातावरण तर्फ अग्रसर हुन आग्रह गर्नुभएको हो ।

शुभकामना सन्देशमा “स्वच्छ, सफा र हराभरा प्रकृति मानव र प्राणी जगतको स्वस्थ जीवनसँग जोडिएको हुन्छ । प्राणी जगतको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण संरक्षणको विषयमा मानवजातिले विशेष ध्यान दिन नसक्दा आज विभिन्न खालका समस्या र चुनौतीहरु देखा परेका छन् ।”

मानवीय असन्तुलित क्रियाकलापका कारण एकमात्र जीवन सम्भव रहेको सौर्य मण्डलको ग्रह पृथ्वीमा रहेका प्राकृतिक स्रोतहरु जल, जमीन, जंगल र वायू दिनप्रतिदिन प्रदुषित हुँदै गइरहेका छन् ।

जसका कारण विभिन्न समयमा प्राकृतिक प्रकोप र अनेक महामारीहरु निम्तिरहेको उल्लेख गरिएको छ । यसलाई नियन्त्रण गर्न एक मात्र आधार भनेको वातावरणमैत्री सन्तुलित विकासका निम्ति तर्जुमा भएका नीति, नियम कानुनको कडाइका साथ पालना गर्दै सोको कार्यन्वयनमा सबै सरोकारवाला निकायहरुले आफ्नो जिम्मेवारी र कर्तव्य सम्झेर पालना गर्न सम्पूर्ण मानव जातिलाई आग्रह गर्नुभएको छ ।

 

Comments
Loading...