कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

हिमाली आवाज । कास्कीका चार वटै गाँउपालिकालाई अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

काठमाडौँको बोधि सत्वा विहार र सामाजिक अभियन्ता शान्त शर्माको सहयोगमा कोरोनाको दोस्रो लहर रोकथाम र सङ्क्रमण न्यूनीकरणमा क्रियाशील स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

कोरोना सङ्क्रमित बिरामीको प्राथमिक उपचार गाउँमै गर्ने गरी जिल्लाका चार वटै स्थानीय तहले अक्सिन सुविधा सहितको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएका छन् ।

कास्कीका रुपा, अन्नपूर्ण, माछापुच्छ«े र मादी गाउँपालिकालाई शुक्रबार पाँच÷पाँच लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग हस्तान्तरण गरिएको पोखरा संयोजक दीननाथ बरालले बताउनुभयो ।

health

चारवटै गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहित अक्सोमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन, सेनिटाइजर, ह्याण्डवास, फिनेल, स्प्रे मेसिन लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।
मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ, रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी र स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेलले स्वास्थ्य सामग्री ग्रहण गर्नुभएको थियो । माछापुच्छ्रे गाउँपालिकालाई भने बिहीबारनै हस्तान्तरण गरिएको थियो ।

अक्सिजन अभाव भएको अवस्थामा अक्सिजन कन्सन्टेटर सहितको स्वास्थ्य सामाग्री प्राप्त गर्दा ठूलो राहत महसुश भएको मादी गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो ।

कोरोनाको यो महामारीमा प्राप्त स्वास्थ्य सामाग्री लक्षित वर्गलाई आवश्यकता अनुसार प्रयोगमा ल्याइने रुपा गाउँपालिकाका प्रमुख ओझाले बताउनुभयो ।

यसैबीच सृजनशील अपाङ्गता सरोकार समितिलाई औषधी सहयोग गरिएको छ । समितिलाई प्यान्टो प्राजोल, कप सुरक, भिटामिन बि कम्प्लेक्स, सिटामोल, साइनेक्स लगायतका एक काटुर्न औषधी वितरण गरिएको संयोजक बरालले जानकारी दिनुभयो ।यसअघि बिहीबार बोधि सत्वा विहारबाट प्राप्त स्वास्थ्य सामग्री पोखराका तीन अस्पताललाई प्रदान गरिएको थियो ।

टिप्पणिहरु
Loading...