लकडाउनमा पुन : बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका बीच आज मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई÷दुई रुपैयाँले वृद्धि गरेको हो ।

नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको प्रतिलिटर १२५ र डिजेल र मट्टीतेलको प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ । आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढाएर प्रतिलिटर ८० रुपैयाँ पु¥याइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

Comments
Loading...