गण्डकीका जनमोर्चाका सांसद थापालाई पुर्नवहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पुर्नवहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

पार्टीले कारवाही गरेपछि थापा सांसद पदबाट पदमुक्त हुनुभएपछि सोका विरुद्धमा सर्वोच्च अदालतमा पुनःबहालीको माग सहित रिट दायर गर्नुभएको थियो ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न आज अन्तरिम आदेश दिएको हो ।

पार्टी निर्णयविपरीत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सहयोग पुग्ने गरी गतिविधि गरेको भन्दै जनमोर्चाले थापालाई कारबाही गरेको थियो ।

Comments
Loading...