राष्ट्रिय संगितकर्मी संघद्धारा ४३ परिवारलाई राहत वितरण

हिमाली आवाज । राष्ट्रिय संगितकर्मी संघ कास्कीले४३ घर धुरीलाई राहत वितरण गरेको छ ।

कोभिड १९को कारण सबै क्षेत्र प्रभावित भएको र यसबाट कलाकार पनि अछुतो नरहेको हुदाँ यो पटक पनि राहत वितरण गरेकोक ार्यक्रम संयोजक कपिल श्रेष्ठले जानकारी दिनुभयो ।

सबै क्षेत्रका दुखमा पर्दा हरपटक सहयोग गरेको र यो पटक पनि लकडाउनको बेला सहयोग गरेको कुरा कास्कीका अध्यक्ष ऋषिराम दाहालले बताउनुभयो ।

राहत लिँदै युवराज बजगाई ले राष्ट्रिय संगितकर्मी संघ कास्कीको लाई धन्यवाद व्यक्त गर्नुभयो । समाजसेवी तथा खाष्टे ताल विकास समितिको अध्यक्ष हरि प्रसाद अधिकारीले राहत बितरण गर्दा खुशी रहेको र राष्ट्रिय संगितकर्मी संघसँग सहकार्य गरिने बताउनुभयो ।

Comments
Loading...