♦ सुरेशकुमार श्रेष्ठ
महासचिव
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टा केन्द्रीय कार्य समिति
संस्थाको परिचयः
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा ) विस. २०७१ साल वैशाख २९ गते स्थापना भएको हो । जिल्ला पशु सेवा कार्यालय गोर्खाका पशु स्वास्थ्य प्राविधिक एंव वरिष्ठ महिला सदस्य सरुणा पोखरेलको अध्यक्षतामा भएको लोकतान्त्रिक पशु स्वास्थ्य सेवा प्राविधिकहरुको प्रारम्भिक भेलावाट नेपाली काँग्रेसका श्रम विभाग प्रमुख एंव संविधान सभा सदस्य बद्री पाण्डेको प्रमुख आतिथ्यतामा चितवन जिल्लाको रत्ननगरमा घोषणा गरिएको थियो ।
पशु सेवा क्षेत्रको पहिलो र एक मात्र पेशागत ट्रेड युनियनको रुपमा स्थापना भएको संस्थामा लोकतन्त्रमा आस्थावन पशु स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशिल प्राविधिकहरुको पेशागत हकहितको सुरक्षाका लागि पेशागत ट्रेड युनियनको रुपमा संस्था स्थापना भएको हो । अहिले यस संस्थामा ग्रामिण स्तर देखि लिएर विषय विशेषज्ञ सम्म (ग्रा.प.स्वा.का. पशु सेवा तथा स्वास्थ्य प्राविधिकहरु र पशु चिकित्सक एव विशेषज्ञहरु) समेटिएका छन् ।
नेपालको राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुरयाउदै आएको कृषि तथा पशु सेवा क्षेत्रको समुचित विकासको लागि पशुपालन व्यवसायको अहम भूमिका रहँदै आइरहेको तथ्य सर्वविदितै छ । पशुपालन क्षेत्रलाई उत्पादनशिल, व्ययावसायीक, सम्मानजनक तथा रोजगारमुलक बनाई गरिवि न्युनिकरण, खाद्य तथा पोषण सुरक्षा, स्वरोजगार प्रवद्र्धन तथा औद्योगिक विकासका माध्यामबाट दिगो एवं बृहत्तर आर्थिक विकासको राष्ट्रिय लक्ष्य हासिल गर्न पशु पालनको ब्यवसायीकरणबाट मात्रै सम्भव छ । त्यसैले नेपाली जनताको आर्थिक स्थिति सुधार गर्न, पशुधनको संरक्षण, सम्बद्र्धन र विकास गर्नका साथै स्वस्थ र स्वच्छ पशुजन्य पदार्थको उत्पादन गरी जनस्वास्थ्यमा समेत सकारात्मक सहयोग पु¥याउन यस संघसंग सम्बन्धित सम्पूर्ण प्राविधिक पक्ष, पशुचिकित्सा, पशुपालन, चरन, पशुविकास फार्म, अनुसन्धान, पशु स्याहार, दुध तथा दुग्धजन्य पदार्थ उत्पादन, वन्यजन्तु संरक्षण र अन्य विभिन्न संघ संस्था तथा निजीक्षेत्रमा सेवारत प्राविधिकहरुलाई समेत संगठित पार्दै पशुपालक कृषकको जीवनस्तर उकास्दै देशको विकासमा द्रुततर गति प्रदान गरी सर्वसुलभ तरिकाबाट सेवा जनमानसमा पु¥याउनको लागि पशुपालन तथा पशु स्वास्थ्य सेवाका क्षेत्रमा क्रियाशिल लोकतान्त्रिक प्राविधिकहरुलाई गोलबद्ध गर्नु आजको मुख्य चुनौति थियो ।
तर नेल्टाले यि सबै बिषयलाई समेटेर देशको पशु विकासमा थप योगदान पु¥याउने अठोट सहित “नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ” नेल्टा नामक पशुपालन क्षेत्रमा कार्यरत लोकतन्त्रमा आस्थावान प्राविधिकहरुको पेशागत सुरक्षाका लागी पेशागत संस्थाको रुपमा ट्रेड युनियन ऐन २०४९ बमोजिम संस्था स्थापना गरेको छ ।
यो संस्था श्रम तथा वैदेशिक रोजगार विभागमा २०७२ साल जेष्ठ २६ गतेका दिन दर्ता भई दर्ता ३५८ नंबरको संस्थाका रुपमा दर्ता भएको छ । यस संस्थामा १८००० भन्दा वढि पशु स्वास्थ्य सेवा प्राविधिकहरुको सहभागिता रहि यस संस्थाको प्रथम माहाधिवेशन समेत सकिएको छ । मिति २०७२ साल फाल्गुणको २८ र २९ गते नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोईरालाको प्रमुख आतिथ्यतामा महाधिवेशन भव्यताकासाथ सु सम्पन्न गरियो । जुन महाधिवेशनमा देशभरका ६३ जिल्लाको ३५० जना केन्द्रीय प्रतिनिधि र प्रर्यवेक्षकहरुको उपस्थिति रहेको थियो । यस संघको दोश्रो राष्ट्रिय माहाधिवेशन २०७६ साल फाल्गुनको १५ देखि १७ गते सम्म प्रज्ञा भवन काठमाडौमा सम्पन्न भएको थियो ।

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर वहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनबाट ३५ वुदे नीति तथा कार्यक्रम तय गर सम्पन्न गरियो । यस संस्थाको साधारण ससदस्य १८ हजारभन्दा भन्दा बढि रहेको छ । क्रियाशिल सदस्य ५ हजार छ । यस संस्थाको छैठौ स्थापना दिवस यही जेठ २६ गतेको अवसरमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाले राष्ट्रव्यापि रुपमा विभिन्न जिल्लाहरुमा रचनात्मक कार्यक्रम गरेर मनाउने भएको छ ।
स्थापना दिवशको अवसरमा विभिन्न मितिमा विभिन्न पालिका,जिल्ला र प्रदेश कार्य समितिले यस्तो असहज परिस्थितिमा पनि सामाजिक दुरी कायम गरी सबै सुरक्षा विधि अपनाएर रचनात्मक क्रियाकलापहरु आयोजना गरि मनाईदै छ । केन्द्रीय समितिको आयोजनामा जेठ २६ गते दिउसो ०३ बजे भरचुअलमा कोभिड १९ ले पशुपालन क्षेत्रमा पुरयाएको क्षति र असर पशु स्वास्थ्यकर्मीहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम हुनेछ । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल ज्यूको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विषय विज्ञ डा सुरेन्द्र कार्कीले प्रस्तुतिकरण गर्नुहुनेछ ।
कास्की जिल्लामा गण्डकी प्रदेश र कास्की जिल्लाको संयुक्त आयोजनामा विहान ८ बजे पोखरा महानगरपालिका वडा न १६ महेन्द्रगुफा र अर्मलामा ब्यवसायिक गाई फार्म बाख्रा र कुखुरा फार्ममा प्रावधिक सेवा सहित निःशुलक औषधि एवम जैविक सुरक्षाका सामग्रीहरु वितरण गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै देशभर विभिन्न खालको रचनात्मक कृयाकलापहरु संचालन गरि उक्त दिवस मनईदै छ ।
धन्यवाद
जय पशु धन
जय नेल्टा