पोखरामा मिक्सचर दुर्घटना : सहचालकको मृत्यु,चालक घाइते

हिमाली आवाज । पोखरामा आज भएको मिक्सचर दुर्घटनामा परी सहचालकको निधन भएको छ भने चालक घाइते भएका छन् ।

दुर्घटनामा सहचालक पोखरा–१४ निवासी २९ वर्षीय अनिरोध थापाको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

विहान अन्दाजी १०ः०० बजेको समयमा पोखरा महानगरपालिका–१८ मेथलाङमा सराङकोटबाट पोखरा तर्फ आउँदै गरेको ग १ क ३१८७ नम्वरको मिक्सचर आफै अनियन्त्रित भई सडकको बाँया तर्फ नालीमा पल्टिएको थियो ।

घटनामा चालक काठमाडौँ कोटेश्वर घर भई हाल पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने ३५ वर्षीय राजन ठकुरी घाइते भएकामा उहाँको उपचार भइरहेको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिनुभयो ।

दुर्घटना लगत्तै घाइतेलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Comments
Loading...