गण्डकी प्रदेशका उपसभामुख शर्मा अनुगमनका क्रममा घाइते

हिमाली आवाज । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा घाइते हुनुभएको छ । शर्मा आज दिउँसो पोखरा महानगरपालिका–२१ फोक्सिङमा ढलान बाटोको अनुगमन गर्ने क्रममा ढलान पाइप उछुट्टिएर लाग्न खुट्टामा चोट लागेर घाइते हुनुभएको हो ।

सोही क्रममा उपसभामुख सहित बाटो समितिका अध्यक्ष गौतम रसाइली पनि घाइते भएको शर्माका स्वकीय सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

दुबै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार गरिएकामा उपसभामुख शर्मा हाल निवासमा चिकित्सको निगरानीमा हुनुहुन्छ ।

Comments
Loading...