अपाङ्ग संघ गण्डकीलाई नेलम्बोद्वारा राहत प्रदान

हिमाली आवाज । नेलम्बो नेपालले राष्ट्रिय अपाङग संघ नेपाल गण्डकी प्रदेशलाई खाद्य राहात सहयोग गरेको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको विषम परिस्थितिमा जारी निषेधाज्ञाका कारण दैनिक जीवन यापनमा कठिनाइ हुने अति अपाङगता भएका अति विपन्न ९० परिवारको लागि खाद्य राहात उपलब्ध गराइएको हो ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा तथा कार्यक्रम संयोजक डा.किसन कोइरालाले राष्ट्रिय अपाङग संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।

जसअनुसार एक प्याकेट भित्र २५ केजीको १ बोरा चामल, नुन २ केजी, दाल १ केजी, चना १ केजी, १ केजी चिनी, १ लिटर तेल, मसला, चियापत्ती, जिरा लगायतका सामग्री रहेका छन् ।

सामग्री हस्तान्तरण गर्दै नेलम्बोका अध्यक्ष देवकोटाले प्रदान गरिएका खाद्य सामग्री पारदर्शी रुपमा ११ वटै जिल्लाका अति विपन्न परिवारलाई पुग्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले नेलम्बो नेपालले विपन्न वर्गलाई लक्षित गरि कार्यक्रम संचालन गर्दै आएको स्पष्ट पार्दै अपाङगता भएका अति विपन्न परिवारले राहात सामग्री पाउने हुदाँ आफुहरु सन्तुष्ट रहेको पनि जनाउनुभयो।

सामग्री ग्रहण गर्दै अपाङग संघका प्रदेश अध्यक्ष शर्माले विभिन्न चरणमा गरी प्राप्त सामग्री प्रदेशका सबै जिल्लामा पु¥याउने प्रतिबद्घता जनाउनुभयो।त्यस अवसरमा एकमुष्ठ रु.३ लाख दुई सय १९ वरावरको खाद्य सामग्री प्रदान गरिएको नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले जानकारी दिनुभयो।

 

Comments
Loading...