कास्कीका खगराज अधिकारी गृहमन्त्री ,आज साँझ शपथको तयारी

हिमाली आवाज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो पार्टी नेकपा एमाले र पूर्वमाओवादी पक्षलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको बताइन्छ ।

प्रधानमन्त्री ओलीले शक्तिशाली गृहमन्त्रीमा कास्कीका खगराज अधिकारीलाई नियुक्त गर्नुहुने भएको छ । कास्कीको निर्वाचन क्षेत्र नं १ का निर्वतमान सांसद अधिकारी यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री रहनुभएको थियो ।

प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनर्गठन गरेर पूर्णता दिन लाग्नुभएको हो । यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बताउनुभएको थियो ।

यसैगरी कैलालीका नारदमुनि राना वनमन्त्री, मोहन बानियाँ विनाविभागीय र नैनकला थापा सञ्चारमन्त्री बन्नुहुने भएको छ । यस्तै ज्वाला कुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीमा बन्ने प्रधानमन्त्री स्रोतले जनाएको छ ।

Comments
Loading...