गण्डकीका जनमोर्चाका सांसद कृष्ण थापा पुनः पदमुक्त

हिमाली आवाज । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पुन ः पदमुक्त हुुनुभएको छ । आजको प्रदेशसभा बैठकमा थापा पदमुक्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाउनुभएको थियो ।

थापाको दल जनमोर्चाले पार्टी निर्देशन र ह्विप नमानेकाले कारवाहीका लागि सभामुखलाई पत्राचार गरेको थियो ।

गण्डकीका मुख्यमन्त्री गुरुङले बिहीबार सदनमा विश्वासको मत लिने क्रममा पार्टीले विपक्षमा मतदान गर्न ह्विप जारी गरेपनि थापा पक्ष विपक्षमा मतदान नगरी तटस्थ बस्नु भएको थियो ।

यसअघि पार्टी निर्देशन नमानेको भन्दै सांसद पदबाट हटाइनुभएका सांसद थापालाई गत आइतबार सर्वोच्च अदालतले पुर्नबहाली गरिदिएको थियो ।

संसद बैठक आगामी आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । एमालेले प्रदेशसभा सञ्चालन नियमावली अनुसार मन्त्रीहरूको अनुपस्थितिमानै बैठक चलाएको भन्दै उठेर विरोध जनाएका थिए ।

Comments
Loading...