हिमाली आवाज । गण्डकी प्रदेशका प्रमुख प्रमुख सीता कुमारी पौडेलले मुख्यमन्त्री नियक्तिका लागि २४ घण्टाको समय दिनुभएको छ ।
संविधानको धारा १६८ को उपधार ५ बमोजिमको सरकार गठनको लागि भोली शनिबार दिउसो ३ बजेसम्मको समय दिएर प्रदेश प्रमुखबाट आह्वान भएको हो ।
![](https://www.himaliawaj.com/wp-content/uploads/2024/04/09-Janhitma-Jari-Jaruri-Suchana-B-1700-x250-Dadelo.jpg)
नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै आवश्यक ३१ सांसद उपस्थित भई सरकारमा आफ्नो बहुमत रहेको दाबी गर्ने तयारी गरेका छन् ।
गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुलेको छ । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पदबाट राजीनामा दिएसँगै काँग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको हो ।
बिहीबार पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री पदमुक्त हुनुभएको थियो ।