कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धन प्रदेश प्रमुखकोमा जाँदै

हिमाली आवाज । गण्डकी प्रदेशका विपक्षी गठबन्धनका दलहरुले काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्तिको माग सहित आज प्रदेश प्रमुख समक्ष दावी पेश गर्ने भएका छन् ।

प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसद सशरिर प्रदेश प्रमुखकोमा उपस्थित हुने भएका हुन् ।

विपक्षी गठबन्धन साँझ ५ बजे ३१ जनाको हस्ताक्षर सहित प्रदेश प्रमुखकोमा जाने तयारीमा छन् । स्वतन्त्र सांसद दीपक मनाङेले विपक्षी गठबन्धनलाई सघाएपछि गण्डकी प्रदेशमा नेपाली मुख्यमन्त्री नियुक्त हुने सम्भावना बढेको हो ।

Comments
Loading...