गण्डकीको मुख्यमन्त्री नेपालीलाई बनाउन बहुमत सांसदको हस्ताक्षर सहित दावी पेश

हिमाली आवाज । नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउन विपक्षी गठबन्धनका ३१ सांसदले हस्ताक्षर गरेका छन् ।

कूल ६० सदस्सीय प्रदेशसभामा बहुमत सांसदले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग सहित आज साँझ प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गरेका हुन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र दावी पेश गर्न आह्वान गरेको दुई घण्टामै विपक्षी गठबन्धन मुख्यमन्त्रीको दाबी पेश गर्न पुगेका हुन् । नेपालीको पक्षमा हस्ताक्षर गरेका ३१ सांसदनै प्रदेश प्रमुखकोमा पुगेका थिए ।

काँग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चा र जसपाका दुई÷दुई र स्वतन्त्र एक सांसदले नेपालीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।

काँग्रेस संसदीय दलका सचेतक मणिभद्र शर्माले प्रदेश प्रमुखले दावी अध्यनपछि आफूहरुलाई खबर गर्ने बताएको जानकारी दिनुभयो ।
प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बन्नुभएका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नसक्दा एमाले सरकार ढलेको थियो ।

Comments
Loading...