गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त,आजै शपथ हुने

हिमाली आवाज । नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।गण्डकीका निर्वतमान मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन असफल भएपछि प्रदेश पौडेलले सरकार गठनका लागि २४ घण्टाको समय दिएर हिजो आह्वान गर्नुभएको थियो ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका गरी ३१ सांसदले पोखरेललाई समर्थन गरेका छन् ।

Comments
Loading...