गण्डकीका नवनियुक्त मुख्यमन्त्री र चार मन्त्रीबाट शपथ ग्रहण

हिमाली आवाज । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज साँझ पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

उहाँसँगै अन्य चार मन्त्रीले पनि शपथ लिनुभयो । प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ ग्रहण गराउनुभएको थियो ।

मन्त्रीहरु काँग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिनुभएको हो । उहाँहरु सबै जना विना विभागीय हुनुहुन्छ ।

Comments
Loading...