अपाङग एवम् विपन्न सात परिवारलाई सहयोग

हिमाली आवाज । लायन्स क्लव अफ पोखरा राइजिङ स्टारको चौथो स्थापना दिवसको अवसरमा पोखराका विभिन्न स्थानका अपाङग एवम् विपन्न सात परिवारलाई राहत वितरण गरेको छ ।

कोभिड–१९ को संङक्रमण पैmलिन नदिन सरकारले गरेको निषेधाज्ञाको कारण रोजगारी गुमेको कारण चुलो निम्न लागेका समाजका अपाङग तथा गरिव परिवारलाई आज एक लाख बरावरको राहत वितरण गरेको हो ।

सो अवसरमा पोखरा १७ रातोपैह्राका १८ बर्षीय अपाङता भएका पुर्ण थापामगरलाई विस्तारा सहित लत्ता कपडा र सरसफाईका सामग्री, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमान्चल क्षेत्रीय अस्पताल कोरोना संङक्रमत भई उपचारत २१ दिने शिशुको परिवारलाई रु.२० हजार आर्थिक सहयोग गरेको क्लवका प्रचार प्रसार संयोजक राजु सुनारले जानकारी दिनुभयो ।

त्यसैगरी पोखरा १७ रातोपैह्राका १६ बर्षीय अपाङग सुजन नेपाली, पोखरा १० का कालु गुरुङ, सुमित्रा तापाङ, लामाचौर, चिप्लेढुङ्घा र न्यूरोडका अपाङगता भएका एवम् विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा क्लवका अध्यक्ष चोक बहादुर गुरुङ र प्रथम उपाध्यक्ष टंक ढकालले सेवामा समर्पित लायन्सले निषेधाज्ञाको कारण अप्ठेरोमा परेका समाजका असहाय एवम् विपन्न परिवारलाई आवश्यकता अनुसार सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
फाउन्डेसनद्धारा साढे चार लाखको राहत वितरण
बहिनी एडुकेयर फाउन्डेसनले पोखरा १७ रातोपैह्राका अपाङगता भएका १८ बर्षीय पुर्ण थापामगरलाई दश हजार मुल्य वरावरको बिभिन्न सामग्री उपलव्ध गराएको छ ।

सेतीनदीको तिरको जस्ताको छाना भएको एउटा कोठामा बस्न बाध्य रोग भन्दा पनि भोकसंग लड्दै आएको अपाङगता भएका थापामगर सहित सात जनाको परिवार विभिन्न संघसंस्थाबाट खाद्यान्न उपलव्ध भएको सुचना पश्चात अपाङगको लागि आवश्यक विस्तारा, कपडा लगायतका सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष तथा कार्यकारी प्रमुख सुरेन्द्र परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा महानगरपालिकाको वडा नं. १३ का गरिव, विपन्न तथा असहाय ७० घरपरिवारका २७५ जनालाई एक लाख ७५ हजार र पोखरा २३ का १०० घरपरिवारलाई दुई लाख ५० हजार मूल्य बरावरको खाद्यान्न सामग्री वितरण गरेको हो ।

पोखराको मालेपाटनमा कार्यालय रहेको बहिनी संस्थाले एकल महिला तथा आश्रित परिवारलाई शिक्षा, स्वास्थ्य,परामर्श, जिविकोपार्जन लगायतमा सहयोग गर्दै आएको छ उहाँले भन्नुभयो, निषेधाज्ञाका कारण रोजगारी खोसीएका परिवारलाई तत्कालको लागि प्रति परिवार एक बोरो चामल, पाँच केजी दाल, १५ वटाका दरले मास्क र चार वटा डिटोल साबुन वितरण गरियो ।

Comments
Loading...