कास्कीमा असार ७ सम्म लम्बियो निषेधाज्ञा,बैँक वित्तिय संस्थामा खुकुलो

हिमाली आवाज । कास्की जिल्लामा पुनः निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभर लागू गरेको निषेधाज्ञा असार ७ गते राति १२ः०० बजेसम्म सम्म थप गरेको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरे अनुसार आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

बैँक तथा वित्तिय संस्थाले अत्यावश्यक सेवाको लागि ५० प्रतिशत कर्मचारीको उपस्थितिमा ५० प्रतिशत शाखाबाट निक्षेप रु ५० हजारभन्दा बढीमात्र जम्मा गर्ने र चेक भुक्तानीको कार्य दिउँसो ११ बजेदेखी २ बजेसम्ममात्र गर्न आग्रह गरिएको छ । यसअघि बैँक तथा वित्तिय संस्थामा २५ प्रतिशत कर्मचारीको उपस्थितिमा एक चौथाई शाखामात्र सञ्चालनमा ल्याइएको थियो ।

प्रशासनले निषेधाज्ञा अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणमा आदेश जारी गरेको छ ।निषेधाज्ञाका अवधिमा अत्यावश्यक सेवामा प्रयोग हुने बाहेकका जिल्लाभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

यसबाहेक अन्य सभा,सम्मेलन,भेला गोष्टी, शैक्षिक संस्था, धार्मिकस्थलहरु,सिनेमा हल, पार्टी प्यालेस, रेष्टुरेन्ट लगायत समेत सञ्चालनमा बन्देज गरिएको छ ।

Comments
Loading...