गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

शनिबार मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम दिउसो ३ बजे प्रदेशसभामा प्रस्तुत गर्देछ ।

सरकारका तर्फबाट प्रदेश प्रमुख सीता कुमारी पौडेलले नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ । नयाँ सरकार बनेपछि हतार हतारमा नीति कार्यक्रम तथा बजेटको तयारी गरिएको छ ।

Comments
Loading...