कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा, खतराको साइरन बजाइयो

हिमाली आवाज । कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा थप वर्षा हुने सम्भावना भएकाले आकस्मिक बाढी आउने र पहिरो जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले आज रातिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Comments
Loading...