अविरल वर्षापछिको बाढी–पहिरोबाट देशभर पाँँच जनाको मृत्यु, १४ जना बेपत्ता

काठमाडौँ । लगातार परेको अविरल वर्षाका कारण देशभर ५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार पाँच जनाले ज्यान गुमाउँदा १४ जना बेपत्ता भएका छन् ।

‘सिन्धुपाल्चोकमा सात जना र जाजरकोटमा सात जना बेपत्ता भएका छन्,’ प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले भन्नुभयो।

बाढीले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ । बुधवार साँझसम्म मृतकको पहिचान खुल्न सकेको छैन । पाल्पा, कास्की र डोटीमा एक–एक जनाको मृत्यु भएको छ ।

बुधवार साँझसम्म देशभर २२ ठाउँमा बाढी र पहिरोले क्षती गरेको छ । बाढी र पहिरोबाट २६ जना घाइते भएका विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Comments
Loading...