पोखरा–बाग्लुङ(मध्यपहाडी)राजमार्ग चार दिनपछि खुल्यो

हिमाली आवाज । पहिरोले अवरुद्ध पोखरा–बाग्लुङ(मध्यपहाडी)राजमार्ग चार दिनपछि सञ्चालनमा आएको छ ।पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर सडक ठप्प भएको थियो ।

वर्षा नरोकिएका कारण पछिल्लो चार दिनदेखि अवरुद्ध बनेको सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बुुधवार साँझ एकतर्फी खोलिएको भए पनि वर्षा रोकिएपछि बिहानदेखि दुईतर्फी नै खुला भएको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिनुभयो । यद्यपि पहिरो पन्छाउने काम भने जारी रहेको छ ।

पर्वतमा गए रातिदेखि वर्षा रोकिएकोले सडक खुलाउन सकिएको उहाँको भनाई छ । सडक सञ्चालन भएसँगै चार दिनदेखि अलपत्र बनेका मालवाहक ट्रक, तरकारी तथा फलफूल, औषधि तथा अक्सिजन बोकेका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

Comments
Loading...