कास्कीमा बाघको आक्रमणबाट दुई जना घाइते,प्रतिकारमा बाघको मृत्यु

हिमाली आवाज । कास्कीमा बाघको आक्रमणबाट आज दुई जना घाइते भएका छन् ।

जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मीलन गुरुङ बाघको आक्रमबाट घाइते हुनुभएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

तुलबहादुर विहान आफ्नै बारीमा घाँस काट्न जाने क्रममा अचानक बाघ देखेपछि भाग्ने क्रममा पछाडिबाट चिथोरेर बाघले घाइते बनाएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

यसैगरी स्थानीयवासीले देखेर बाघको प्रतिकार गर्ने क्रममा सोही ठाउँ बस्ने ३२ वर्षीय मीलन गुरुङ समेत टाउकामा चोट लागेर घाइते हुनुभएको र दुबै जनाको भिरचोक स्वास्थ्य चौकीमा उपचार गरिएको प्रहरीले जनाएको छ ।स्थानीयवासीको प्रतिकारका क्रममा बाघको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments
Loading...