माछापुच्छ्रे गाउँपालिकाको बजेट ५६ करोड ५८ लाख (पूर्ण पाठ सहित)

–कृष्ण दवाडी
हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि रु ५६ करोड ५८ लाख ९८ हजार ४७१ को बजेट गाउँसभामा प्रस्तुत गरी पारित गरेको छ ।

गाउँपालिका उपाध्यक्ष एवं बजेट नीति तथा कार्यक्रम समितिका संयोजक कृष्णकुमारी दवाडीले आज सभामा प्रस्तुत गर्नुभएको बजेट कार्यक्रममा ‘पर्यटन, कृषि, उर्जा र पूर्वाधार ः समृद्ध माछापुच्छ«े’को मूल आधारको नारालाई साकार पार्दै मानव जीवन रक्षालाई प्राथमिकतामा राखिएको छ ।

बजेटमा चालू खर्चतर्फ रु ३५ करोड तीन लाख ५० हजार विनियोजन गरिएको छ । यसैगरी पूँजीगततर्फ रु २१ करोड ५५ लाख ४८ हजार ४७१ विनियोजन गरिएको छ ।पूँजीगततर्फ पूर्वाधार विकासमा रु १४ करोड २२ लाख २० हजार,सामाजिक विकास तर्फ रु पाँच करोड १७ लाख ४३६, आर्थिक विकासमा रु एक करोड ३८ लाख ७८ हजार ५४७, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ४८ लाख ९९ हजार ४८८ र सुशासन, संस्थागत क्षमता विकास तथा सेवा प्रवाहतर्फ रु २८ लाख ५० हजार छुट्टाइएको छ ।

नयाँ परिस्थितिले सिर्जना गरेको चूनौतीलाई सामना गर्ने र प्राप्त अवसरलाई उपयोग गर्ने तर्फ केन्द्रित रही प्राकृतिक, साँस्कृतिक र विभिन्न भौगोलिक विविधतायुक्त गाउँपालिकालाई समृद्ध बनाउनेतर्फ बजेट कार्यक्रम लक्षित रहेको उपाध्यक्ष दवाडीले बताउनुभयो ।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन आवश्यक साधन स्रोतको सुनिश्तिता र क्वारेन्टिन निर्माण, सञ्चालन, औषधी उपकरण तथा कोष स्थापनाका लागि प्रकोप व्यवस्थापन कोषमा आवश्यक बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ ।
गाउँपालिका केन्द्र जोड्ने सडकलाई प्राथमिकतामा राखी विभिन्न सडकहरुको स्तरोन्नति तथा मर्मत सुधार, मानव संसाधन विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र पोषणमा बजेटले जोड दिएको छ ।

यसैगरी कृषि सेवा ,पशु सेवा,पर्यटन,वन तथा वातावरण क्षेत्रको विकास, विस्तार र संरक्षण र कोरोना महामारीका कारणले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार नागरिकको रोजगारीका अवसर बृद्धि गर्न उद्यम विकास कार्यक्रम सञ्चालन बजेटको प्राथमिकतामा बजेट कार्यक्रममा छ ।

बजेट अघि गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भौतिक, आर्थिक,सामाजिक र संस्थागत विकासमार्फत समृद्ध माछापुच्छ«ेको आधार निर्माणमा कार्यक्रम केन्द्रीत रहेको बताउनुभएको थियो ।

प्रश्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट गाउँपालिकाले लिएको लक्ष्य हासिल गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउनु प्रमुख उद्धेश्य रहेको अध्यक्ष गुरुङले बताउनुभयो । नीति कार्यक्रमको छलफलमा सभा सदस्य गणेश आचार्यले सहभागिता जनाउनुभएको थियो ।
गाउँपालिकाले प्रस्तुत गरेको आगामी वर्षको बजेट कार्यक्रमको पूर्ण पाठ यसप्रकार छ ।
आदरणीय सभाध्यक्ष ज्यू ,
सभासदस्य ज्यूहरु ,
संघीय लोकतान्त्रिक गणतन्त्र पछिको नयाँ संविधानले परिकल्पना गरे अनुसार संघीयताको पहिलो अभ्यासको क्रममा स्थानीय तहको निर्वाचनबाट निर्वाचित हामी जनप्रतिनिधिहरुले पहिलो कार्यकालको चार बर्ष पुरा गरेका छौं । यस अवधिमा थुप्रै चुनौतीहरुका बाबजुत पनि हामीले महत्वपूर्ण कार्यहरु सम्पन्न गरि समग्रतामा सफलता हासील गरेका छौं । विश्वव्यापी कोभिड–१९ महामारीका कारण उत्पन्न असामान्य परिस्थितिका बीच हुन गईरहेको यस माछापुच्छ«े गाँउपालिकाको नवौंगाँउसभा समक्ष आर्थिक वर्ष २०७८।०७९को बार्षिक बजेट पेश गर्न पाउँदा म आँफुलाई गौरवान्वित महसुस गरेको छु ।

१)  सर्वप्रथम,लोकतन्त्र प्राप्तीको आन्दोलनको कठिन परिस्थितिमा त्याग र नेतृत्व प्रदान गर्नुहुने अग्रज राजनितिज्ञहरु प्रति उच्च सम्मान प्रकट गर्दछु र विभिन्न ऐतिहासिक आन्दोलनमा आफ्नो जीवनको आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक भावपूर्णश्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । साथै विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट संक्रमित भई उपचाररतसवै व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । कोभिड–१९ का कारण ज्यान गुमाउनुहुने प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।

२). माछापुच्छ«े गाउँपालिका वडा नं १ बाट निर्बाचित वडा सदस्य तथा गाउँसभा सदस्य श्री कहिले मगरको मिति २०७८।०२।१० मा असामयिक निधन भएको हुँदा नीज प्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।
३). कोरोना भाइरस महामारीका विरुद्ध अग्ररुपमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि,राष्ट्रसेवक कर्मचारी, संचारकर्मी र आम नागरिक सम्पूर्णमा उच्च सम्मान प्रकटगर्दछु ।
४) विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभीड–१९ को कारण विश्वले एकैपटक अप्रत्याशित मानवीय र आर्थिक संकट सामना गर्नुपरेको छ । स्वास्थ्य संकटबाट अर्थतन्त्र, मानवीय जीवनपद्धतीमा असहज अवस्था सिर्जना गरेको छ । यस विषम घडीमा सवै राजनितिक दल, जनप्रतिनिधि, राष्ट्रसेवक, संघ संस्था र आम नागरिकको सहयोग र ऐक्यवद्धताले वर्तमान चुनौती सामना गर्न सकिन्छ भन्ने हाम्रो दृढ विश्वास रहेको छ ।
५) आगामी आर्थिक बर्ष २०७८।७९को बजेट नयाँ परिस्थितिले सिर्जना गरेको चुनौतीलाइ सामना गर्ने र प्राप्त अवसरलाइ उपयोग गर्ने तर्फ केन्द्रित रही प्राकृतिक,साँस्कृतिक र विभिन्न भौगोलिक विविधतायुक्त यस गाँउपालिकालाई समृद्ध बनाउन “पर्यटन,कृषि,उर्जा र पुर्वाधारः समृद्ध माछापुच्छे«को मुल आधार” भन्ने मुल नारालाई साकार पार्दै मानव जीवन रक्षा गर्ने, भविष्य प्रती आधारयुक्त आशा जगाउने र अर्थतन्त्रको पुनरुत्थान गर्दै तीव्र विकासको बाटोमा लैजाने गरी हाम्रा सम्पुर्ण स्रोतसाधन यसैमापरिलक्षित रहेकाछन् ।
श्रद्घेय अध्यक्ष एवं सदस्य ज्यूहरु,
६.यो बजेट तर्जुमा गर्दा मूलतः नेपालको संविधान, पन्ध्रौं योजना, दिगो विकासका लक्ष्य, मध्यमकालीन खर्च संरचना, गण्डकी प्रदेशको प्रथम आवधिक योजना,स्थानीय सरकार संचालन ऐन, यस माछापुच्छ«्रे गाउँपालिकाको प्रथम आवधिक योजनाकोआधारपत्र, नीति तथा कार्यक्रम र आर्थिक विधेयकलाई आधार बनाएको छु । बजेट तर्जुमाको सिलसिलामा राजस्व परामर्श समिति, वडा समिति, विभिन्न विषयगत समिति, संघ संस्था, राजनितिक दल, नागरिक समाज एवं विद्वत वर्ग लगायत सवै वर्गबाट प्राप्त सुभmावलाई समेत ध्यान दिएको छु ।

७. सीमित स्रोत साधनले असिमीत माग र बढ्दो आकांक्षा एकैपटक सम्बोधन गर्न नसकिने यथार्थता एकातर्फ छ भने स्रोतको न्युनताको कारण हामीले चाहे जस्तो विकासका कार्यहरुमा लगानी बृद्धि गर्न सकिएको छैन । यो बजेट तर्जुमा गर्दा संघीय सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त हुनेशर्शत अनुदान, वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान र विशेष अनुदान, राजश्व बाँडफाँड र गाउँपालिकाको आन्तरिक आम्दानीसमेतको अनुमानमा स्थानीय स्रोत र साधनको परिचालन गरी सेवा, उत्पादन र रोजगारी अभिवृद्धि गर्ने योजना र कार्यक्रममा केन्द्रित गरी सकेसम्म गाउँपालिकाको समग्र विकासलाई सन्तुलित बनाउनेगरि बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु ।
श्रद्घेय अध्यक्ष एवं सदस्य ज्यूहरु
अव म, चालु आर्थिक वर्ष २०७७।७८ मा यस गाउँपालिकाको आयव्ययको संसोधित अनुमान तथा सम्पादित महत्वपूर्ण कार्यहरुको संक्षिप्त विवरण प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
चालु आ.व. २०७७।७८ को संसोधित आय अनुमान
चालु आ.व २०७७÷०७८ मा आय अनुमान ६२करोड ६७ लाख ६९हजार २ सय ९०रहेकोमा संशोधित आय अनुमान ७० करोड ५७ लाख २१ हजार रहेको छ । जसमा आन्तरिक आयतर्फ २ करोड ६८ लाख ३४ हजार ६ सय १८,संघीय वित्तिय समानकिरण तर्फ ९ करोड ४० लाख, शशर्त अनुदान तर्फ २६ करोड ५ लाख १३हजार ६ सय ५,संघीय सरकार राजस्व बाँडफाँड तर्फ ६ करोड ५७ लाख ३१ हजार ४ सय ९६,संघीय सरकार समपूरक अनुदान ३ करोड ६५ लाख, संघीय सरकार विशेष अनुदान १ करोड ३३ लाख,प्रदेश वित्तीय समानीकरण अनुदान १ करोड १९ लाख ४३ हजार, प्रदेश सरकार राजस्व बाँडपmाँड तपर्m ३९ लाख २१ हजार ४ सय ३०, प्रदेश शशर्त अनुदान ३० लाख,प्रदेश सरकार समपुरक अनुदान १ करोड र सामाजिक सुरक्षा तर्फ १० करोड ६३ लाख ७१ हजार ४ सयसंसोधित अनुमान रहेकोे छ ।प्रकोप व्यवस्थापन कोषतर्फ १ करोड ८९ लाख ९३ हजार, युवा उद्यम घुम्ती कोषमा ७० लाख, कर्मचारी कल्याण कोषमा २ लाख, मर्मत संभार कोषमा ५० लाख, लैङ्गिक हिंसा निवारण कोषमा २ लाख १० हजार संसोधित आय अनुमान रहेकोे छ ।
चालु आ.व २०७७।७८ को संशोधित व्यय अनुमान
चालु आ.व २०७७÷०७८ मा व्यय अनुमान ६२ करोड ६७ लाख ६९ हजार २ सय ९०रहेकोमा संशोधित व्यय अनुमान ७० करोड ५७ लाख २१ हजार रहेको छ ।जसमासंसोधित चालूखर्च २३ करोड ५४ लाख ६० हजार जुन ७१.४३ प्रतिशत अनुमान रहेको छ भने संसोधित पुँजीगत खर्च तर्फ १९ करोड ४ लाख ४१ हजार जुन ५०.६८ प्रतिशत गरी जम्मा संसोधित खर्च अनुमान४२ करोड ५९ लाख २ हजार रहेको छ र हालसम्मको वित्तीय प्रगती ६०.३८ प्रतिशत रहेको छ ।प्रकोप व्यवस्थापन कोषतर्फ ३३ लाख ५ हजार, मर्मत संभार कोषमा ५० लाख संसोधित व्यय अनुमान रहेकोे छ ।
८. चालु आ.व. २०७७ ।७८ मा प्राप्त मुख्य उपलब्धिहरुः
८.१पूर्वाधार तर्फ
 गाउँपालिकाभित्र १५ कि.मि. सडक कालेपत्रे गर्ने कार्य चालु आर्थिक वर्षमा सम्पन्न हुने क्रममा छ ।
 २१ कि.मि. ग्रावेल , १.५ कि.मि. ढलान, १.५ कि.मि. सडकमा ढुङ्गा छाप्ने र १२ कि.मि. नयाँ सडकको ट्रयाक खोलिएको छ ।
 गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य शुरू भई हालसम्म करिब ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
 जिल्ला समन्वय समिति कास्की र गाउँपालिकाको सहकार्यमा ९ नं वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ ।
 वडा नं ५ र वडा नं ८ का स्वास्थ्यचौकी भवन निर्माण कार्य सम्पन्न भई सेवा सञ्चालन गरिएको छ ।
 ५ वटा सामुदायिक भवनहरूको निर्माण कार्य सम्पन्न भएका छन् ।
 ४००० मि. सिंचाई कुलो निर्माण गरिएको छ ।
 स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तर्फका सबै योजनाहरू सम्पन्न भएका छन् ।
 “एक स्थानीय तह, एक खेल ग्राम“ कार्यक्रम अन्तर्गत संघीय सरकार, जिल्ला समन्वय समिति कास्की र यस गाउँपालिकाको सहकार्यमा माछापुच्छ्रे–४ लाहाचोकको खेलग्रामको निर्माण कार्य भइरहेको छ ।
 माछापुच्छ्रे गाउँपालिका वडा नं ६ मा ब्ल्ँब् त्भअजलष्अब िऋभलतभचतटबन्धन निर्माण कार्य सम्पन्न भएको छ ।
 संघीय सरकारको विशेष अनुदानमा धिताल र लाहाचोक खानेपानी योजनाहरू कार्यान्वयन भईरहेका छन् ।
 वडा नं १ र २ मा सडक सौर्य वत्ति जडान गरिएको छ ।
८.२ स्वास्थ्य तर्फ
 गाउँपालिकामा आजको मिति सम्म जम्मा १६५० जनाको कोरोना परिक्षण गरिएकोमा ३११ जनामा कोरोना पुष्टि भएको छ ।ती मध्ये २३० जना निको भएका र ६ जनाको दुःखद निधन भएको छ ।
 कोरोना भाइरसको प्रभाब न्यूनीकरण, रोकथाम तथा नियन्त्रणका लागि भेडावारीमा अस्थायी कोभिड अस्पताल र सार्दीखोलामा आइसोलेसन केन्द्रको स्थापना तथा सञ्चालन गरिएको छ
 सार्दीखोला स्वास्थ्य चौकीमा कोभिड संक्रमित २ जना महिलाहरूलाई सुरक्षित प्रसुति सेवा दिइएको छ ।
 गाउँपालिका सबै प्रसुति गृहहरु (द्यष्चतजष्लन अभलतभच) मा आधुनिक औजार उपकरण खरिद गरी सुबिधा सम्पन्न बनाइएको छ ।
 १४३ जना बिपन्न नागरिकहरुलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।
 घरमा सुत्केरी हुने क्रमलाई निरूत्साहित गर्ने उद्देश्यले गर्भवतीसँग उपध्यक्ष कार्यक्रम सञ्चालन गरिएकोछ ।
 वडा न. १ मा पोषण मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रमको तयारी पूरा भएको छ ।
 सार्दीखोला स्वास्थ्य चौकीमा स्तनपान कक्ष र सुत्केरी भान्छा कार्यक्रम सञ्चालन गरिएको छ
 सबै स्वास्थ्य संस्थामा इन्टरनेट जडान गरी सम्बन्धित स्वास्थ्य संस्था वाट ज्ःक्ष्क् को प्रगति म्ज्क्ष्क्–द्द मा प्रविष्ट गर्ने गरिएको ।
 आधारभूत स्वास्थ्य सेवाको नियमित उपलब्धताको लागि औषधि खरिद गरी १२ महिना नियमित आपूर्ति सुनिश्चित गरिएको छ ्र।
 वडा नं ९ को ल्वाङघलेल स्वास्थ्य चौकीमा पाइलट प्रोजेक्टको रूपमा सामुदायिक औषधि सहयोग कार्यक्रम सञ्चालन गरिएको छ ।
 वडा न. ८ मा आधारभूत स्वास्थ्य केन्द्र र वडा नं ७ मा सामुदायिक स्वास्थ्य इकाईको निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको छ ।
८.३शिक्षा तर्फ
 सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार अन्तर्गत फर्निचर सहितका नयाँ कक्षा कोठा भवन ३६, ९ शौचालय, क्ष्ऋत् ल्याब ३, पुस्तकालय २, विज्ञान प्रयोगशाला २, किड्स अनुदान १३ र खानेपानी योजना ७ वटा विद्यालयहरूमा सम्पन्न भएको छ ।
 सामुदायिक विद्यालयहरूको दरबन्दी मिलान सम्पन्न भएको छ ।
 स्थानीय पाठयक्रम निर्माण गर्ने प्रक्रिया अगाडी बढाइएको छ ।
 प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका किशोरीहरूलाई निशुल्क सेनेटरी प्याड वितरण गरिएको छ ।
 सम्पूर्ण माध्यमिक विद्यालयहरूमा निःशुल्क इन्टरनेट जडान गरीएको छ ।
 सबै विद्यालयहरूमा वैकल्पिक सिकाई सहजीकरण सामाग्रीको उत्पादन र वितरण गरिएको छ ।
८ं.४कृषि शाखा तर्फ
 कृषिलाई व्यवसायिकरण तथा यान्त्रिकरण गर्नको लागि ८० वटा हाते ट्याक्टर वितरण गरिएको छ।
 माछापुच्छ्रे गाउँपालिकाका सबै वडामा मौसमी तथा वेमौसमी तरकारी विस्तारका लागि ८३० वटा प्लाष्टिक घरको लागि प्लाष्टिक सिट वितरण साथै ४० वटा स्थायी प्लाष्टिक घर निर्माण गरिएको छ।
 तरकारीको उत्पादन विस्तारका लागि २ तरकारी पकेट, १ च्याउ पकेट र १ अलैची ब्लक कार्यक्रम सञ्चालन गरिएको छ।
 चार वटा वडाहरुमा माटोको नमुना संकलन, वेमौसमि तरकारी तथा नसर्री व्यवस्थापन र प्राङ्गारिक मल व्यवस्थापन सम्बन्धि तालिम संचालन गरी माटो परिक्षण सम्पन्न गरिएको छ
 गाउँपालिकाका विभिन्न वडामा बेमौसमी तरकारी खेती सम्बन्धि तालिम तथा तरकारीको उन्नत जातको विउ वितरण सम्पन्न गरिएको छ।
 राष्ट्रिय फलफुल दशक कार्यक्रम अन्तर्गत सुन्तला, कागति, जुनार, निवुवा, किवि र ओखरका बिरुवा वितरण गरिएको छ।
 ३५ वटा भकारो सुधार कार्यक्रम सम्पन्न, एक घर एक करेसाबारी अन्तर्गत स्प्रेयर १५ वटा र १५ वटा हजारी वितरण गरिएको छ।
 कृषि वन नर्सरीमा राइखनियो, निमारो, खोटेसल्लो, इपिलइपिल, बकाइनो, टाँकि, सिल टिमुरका, आँखटिमुर बिरुवा उत्पादन तथा अनुदानमा बिक्री वितरण गरिएको छ।
 वडा नं ३ मा ३१६ रोपनी जग्गामा ३ वटा चक्लाबन्दि र मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको छ ।
 बिउ वैंक र चिया नर्सरी स्थापना गरिएको छ।
 प्राङ्गारीक खेतिलाई प्रोत्साहन गर्नको लागि भर्मी कम्पोष्ट उत्पादन गर्ने कृषकलाई अनुदानमा भर्मी बेड निर्माण सम्पन्न गरिएको छ।
 गाउँपालिकामा कृषि तथ्यांक संकलन कार्य थालनि गरिएको छ।
८.५ पशु सेवा तर्फ
 दुध उत्पादक कृषकहरूलाई सहकारी मार्फत बिक्रिका आधारमा अनुदान प्रदान गरिएको छ।
 अनुदानमा पावर टेलर, च्याप कटर, बोका र निःशुल्क घाँसका बिउ र सिड विन वितरण गरिएको छ ।
 वडा नं २ र ९ मा स्थानीय भैसी संरक्षण कार्यक्रम सञ्चलान गरिएको छ ।
 एक वटा गाई भैसी पकेट क्षेत्र सञ्चालनमा ल्याइएको छ ।
 पूर्ण पशु खोप कार्यक्रम अन्तर्गत सम्पूर्ण वडामा खोरेत, भ्याकुते, पि.पि आर, रेविज र स्वाइन फीवर विरूद्ध खोप कार्य सम्पन्न भएको छ ।
 वडा नं ३ मा गाई भैसी पकेट कार्यक्रमको शुरूवात गरिएको छ ।
८.६ लक्षित वर्ग तर्फ
 कोभिड १९ का असरले जोखिममा परेका महिला, बालबालिका, र अपांगता भएका व्यक्तिहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ।
 निजामती सेवामा गाउँपालिकाभित्रका महिलाहरुको सहभागितालाई सुनिश्चितता प्रदान गर्नको लागि स्थानीय स्तरमा महिलाहरुलाई निशुल्क लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको छ।
 महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि प्रत्येक वडामा सिप विकास तालिम प्रदान गरिएको छ।
 राष्ट्रिय बाल दिवसको अवसरमा खुला माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको छ।
 यस आर्थिक जम्मा ९८ वटा र हालसम्म ५७८ वटा अपांग परिचयपत्र वितरण गरिएको छ।
 अशक्त जेष्ठ नागरिकहरुलाई सहज ढङ्गले वैकल्पिक शौचालयको प्रयोगका लागि युरिनल प्यान वितरण गरिएको।
 अपांगता भएका व्यक्तिहरुलाई आयआर्जनका लागि निशुल्क रुपमा वाख्रा वितरण गरिएको।
८.७सुशासन तर्फ
 गाउँपालिकामा रहेका भूमिहीन दलित र भूमीहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनको लागि लगत संकलन कार्य सम्पन्न गरिएको छ
 कर्मचारीहरूलाई प्रविधि मैत्री बनाउने उद्देश्यले गाउँपालिका र वडा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई कम्प्युटर सम्बन्धी तालिम सम्पन्न गरिएको छ ।
 गाउँपालिकाको अधिकार क्षेत्र भित्रका विषयमा हालसम्म १२ वटा ऐन, ४ वटा नियमावली, ३० वटा कार्यविधि, १ वटा निर्देशिका र १ वटा आचार संहिता निर्माण भएका छन् ।
 चालु आर्थिक बर्ष देखि गाउँपालिकाका सम्पूर्ण वडाकार्यालयहरूबाट अन्लाईन व्यक्तिगत घटना दर्ता कार्यान्वयनमा ल्याइएको छ ।
 सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई पूर्णरूपमा बैङ्किङ्ग प्रणाली मार्फत वितरणको व्यवस्था गरिएको छ ।
 गाउँपालिकामा हाल सम्म दर्ता भएका व्यक्तिगत घटनाहरूको डिजिटाइजेसन कार्य भइरेको छ ।
 गाउँपालिकाभित्रका सबै वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू र माध्यमिक विद्यालयकरूमा इन्टरनेट सेवा विस्तार भएको छ ।
८.९राष्टिय परिचयपत्र तथा पन्जिकरण तर्फ
 ४ हजार ३ सय ८८ लाभग्राहीलाई पूर्णरुपमा बैंकिङ प्रणाली मार्फत रु. १० करोड ६३ लाख ७१ हजार ४ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
 यस आ.व. मा गाउँपालिकाका सम्पूर्ण वडा कार्यालयहरुमा अनलाइन घटना दर्ता संचालन गरिएको छ ।
 ९ वटै वडा कार्यालयमा कम्प्युटर, प्रिन्टर, स्क्यानर खरिद गरि वितरण कार्य सम्पन्न गरिएको छ ।
 २०७८ बैशाख २ गतेदेखि १६ गतेसम्म घटना दर्ता अभियान सम्पन्न गरिएको छ ।
८.१०न्यायिक समिति तर्फ
 २१ वटा उजुरी दर्ता भएकोमा १२ वटा विवादमा मिलापत्र भएका, ७ वटा विवाद छलफलको क्रममा रहेका र १ वटा विवाद अदालतमा पठाइएको छ ।
 गाउँपालिकामा वडा नं १ देखि वडा नं ८ सम्म सम्पूर्ण वडाहरूमा वडा मेलमिलाप केन्द्रहरुको गठन भएका छन् ।
 गाउँपालिकामा सूचीकृत मेलमिलाकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेलमिलापकर्ताहरूलाई पुनतार्जगि तालिम सम्पन्न भएको छ ।
८.११प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ
 ग्रेट माछापुच्छ«्रे ट्रेलमा “यूवा रुपान्तरणका लागि पहल आयोजना” अन्तरगत २१ जना सूचीकृत बेरोजगार हरुलाई ९० दिनको रोजगार उपलब्ध गराईएको, गा.पा का सबै वडाका विभिन्न मूख्य सडक र शाखा ग्रामिण सडकको स्तरोन्नती र मर्मर संभारका लागि“यूवा रुपान्तरणका लागि पहल आयोजना”अन्तरगत ४५ जना सूचीकृत बेरोजगारलाई लेन्थ मेनको (सडक कामदार) रुपमा २५ दिनको रोजगार उपलब्ध गराइएको छ ।
८.१२ पुर्ननिर्माण तर्फ
 भूकम्पवाट क्षतिग्रस्त निजी आवासहरूको पुननिर्माण अन्तर्गत चालु आर्थिक बर्षमा यस गाउँपालिकामा कुल ५१९ लाभग्राही रहेकामा ३५१ लाभग्राहीहरूको नीजि आवास निर्माण सम्पन्न भएको छ ।
श्रद्घेय अध्यक्ष एवम सदस्य ज्यूहरु,
अव म गाउँपालिकाको समष्टिगत विकासका लागि आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटका उद्देश्यहरु तथा प्राथमिकताका क्षेत्रहरु प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
९.बजेटका उद्देश्यहरुः
ड्ड कोभिड १९ रोगको रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थापन गर्नु ।
ड्ड संकटग्रस्त अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउनु ।
ड्ड उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्नु । समाजबाद उन्मुख आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान पुर्याउनु ।
ड्ड सार्वजनिक खर्चमा पारदर्शिता, मितव्ययिता र उत्तरदायित्व पालना गराउनु । आर्थिक अनुशासन तथा वित्तीय सुशासन कायम गर्नु ।
ड्ड भौतिक पूर्वाधार, आर्थिक, सामाजिक तथा मानव संसाधन विकासमा जोड दिनु ।
१०.आगामी आ.व. २०७८।७९ को लागि विकासका प्राथमिकताका क्षेत्रहरुदेहाय बमोजिम रहेका छन् ।
ड्ड भौतिक पुर्वाधारहरुमा गाउँपालिका केन्द्र जोड्ने सडकलाई प्राथमिकतामा राखी विभिन्न सडकहरुको स्तरोन्नती तथा मर्मत सुधार गरि सडककोगुणस्तरियता अभिबृद्धि गर्ने ।
ड्ड मानव संसाधन विकास ( शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र पोषण) मा जोड दिने ।
ड्ड कृषि सेवा ,पशु सेवा,पर्यटन,वन तथा वातावरण क्षेत्रको विकास, विस्तार र संरक्षणमा जोड दिने ।
ड्ड कोरोना महामारीका कारणले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार नागरिककोरोजगारीका अवसर बृद्धि गर्न उद्यम विकास कार्यक्रम संचालन गर्ने ।
ड्ड लक्षित वर्ग र समुदायको उत्थानका लागि सामाजिक सुरक्षा र सशक्तिकरणका लागि आयमूलक तथा क्षमता विकासका कार्यक्रमहरु संचालन गर्ने ।
ड्ड यस गाउँपालिका भित्र रहेका व्यवसायीहरुलाई व्यवसाय दर्तामा नियमानुसार शुल्क लाग्ने तथा दर्ता भईसकेका व्यवसायमध्ये कोभिड १९ को कारण अति प्रभावित पर्यटन व्यवसाय (होटेल तथा होमस्टे) हरुलाई व्यवसाय दर्ता नवीकरणमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने र अन्य व्यवसायलाई २५ प्रतिशत छुट दिईनेछ । साथै यस गाउँपालिका भित्र कुनै पनि व्यवसाय महिलाको नामबाट व्यवसाय दर्ता भएमा त्यस्तो व्यवसाय दर्ता गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिईनेछ ।
ड्ड सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, पारदर्शी र सर्वसुलभ बनाई नागरिकको पहुंचमा अभिवृद्धि गर्ने ।
११.बजेट तर्जुमाका आधारहरु
उल्लेखित उद्देश्य परिपुर्ती गर्न बजेट तर्जुमा गर्दा निम्न आधारहरु लिइएको छ ।
ड्ड नेपालको संविधान
ड्ड स्थानीय सरकार सञ्चालन ऐन,२०७४
ड्ड राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन
ड्ड अन्तरसरकारी वित्त हस्तान्तरण ऐन
ड्ड आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन
ड्ड संघीय सरकारको पन्ध्रौं आवधिक योजना, लक्ष्य, उद्धेश्य एवं प्राथमिकता र रणनीतिहरु
ड्ड दिगो विकासका लक्ष्यहरु
ड्ड प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना नीति तथा कार्यक्रम
ड्ड वडा समितिको प्राथमिकताका कार्यक्रमहरु
ड्ड विज्ञ समुहको परामर्श तथा सुझाब
ड्ड कार्यपालिकाले आवश्यक ठानेका र जनसहभागिता जुट्ने आयोजनाहरु
ड्ड विपन्न परिवारको आयआर्जनको योजनाहरु
ड्ड क्रमागत विकास योजनाहरु
श्रद्घेय अध्यक्ष
एवं सदस्य ज्यूहरु,
अब म, आगामी आर्थिक वर्ष २०७८।७९ को लागी प्रस्तावित आय व्ययको अनुमान तथा बजेटका कार्यक्रम तथा विनियोजन प्रस्तुत गर्न चाहन्छु
१२.आगामी आ.व. २०७८।७९ को प्रस्तावित आय व्यय अनुमान
१२.१ आय अनुमान ः
आगामी आर्थिक वर्ष२०७८÷०७९ का लागि कुल५६करोड ५८ लाख ९८हजार ४ सय ७१ रुपैयाको आय अनुमान गरेको छु ।जसमध्ये आन्तरिक आय स्रोतबाट २करोड २८ लाख २० हजारअनुमान गरेको छु । जुन रकम कुल बजेटको ४ प्रतिशत रहेको छ।संघीय सरकारको वित्तिय समानीकरण अनुदान तर्फ १० करोड ७ लाख, राजस्व बाँडफाँडबाट ८ करोड ७४ लाख ९६ हजार, विशेष अनुदान तर्फ १ करोड ६२ लाख, समपूरक अनुदान तर्फ १ करोड ३७ लाख, शशर्त अनुदान तर्फ २४ करोड ९७ लाख रहेको छ । त्यस्तै प्रदेश सरकारको वित्तिय समानीकरण तर्फ १ करोड १३ लाख १२ हजार, प्रदेश सरकारको राजस्व बांडफांडबाट ५५ लाख ८२ हजार, प्रदेश सरकार समपूरक अनूदान तर्फ १ करोड, सामाजिक सुरक्षा तर्फ १४ करोड १७ लाख १० हजार ९ सय ६८र चालू आ. व.२०७७।७८ बंैक मौज्दात ४ करोड ८३ लाख ८८ हजार ४ सय ७१ को अनुमान गरेको छु ।
१२.२ व्यय अनुमान ः
आगामीआ.व २०७८÷०७९ का लागि कुल५६ करोड ५८ लाख ९८ हजार ४ सय ७१रुपैयाको व्यय अनुमान गरेको छु । जसमध्ये प्रशासनिक खर्च १० करोड ९२ लाख ५० हजाररुपैया रहेको छ । जुन रकम कूल बजेटको १९.३प्रतिशत रहेको छ ।शसर्त अनुदान बजेट (शिक्षा सेवा, स्वास्थ्य सेवा, कृषि शाखा, पशु सेवातर्फका कर्मचारीहरु तथा शिक्षकहरुको पारिश्रमिक खर्च र विकासात्मक क्रियाकलापहरु)तर्फ रु. २४ करोड ९७ लाख विनियोजन गरेको छु । जुन रकम कुल बजेटको ४४प्रतिशत रहेको छ । सामाजिक सुरक्षा तपर्m १४ करोड १७ लाख १० हजार ९ सय ६८ विनियोजन गरेको छु । जुन कूल बजेटको २० प्रतिशत रहेको छ । कूल पूँजीगत बजेट २१ करोड ५५ लाख ४८ हजार ४ सय ७१ रुपैयाँ विनियोजन गरेको छु । जुन रकम कुल बजेटको ३८.०९प्रतिशत रहेकोछ ।
१३.कोरोना भाइरस (अयखष्म(ज्ञढ) रोगको रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन आवश्यक स्रोत र साधन सुनिश्चित गरेको छु । क्वारेन्टाइन निर्माण र संचालन गर्न, औषधी उपकरण तथा कोष स्थापनाका लागि प्रकोप व्यवस्थापन कोषमा आवश्यक बजेटको व्यवस्था गरेको छु ।
१४.गाउँपालिका प्रशासकीय भवन निर्माण कार्य सम्पन्न गर्नका लागि रु.१ करोड ५० लाखको व्यवस्था गरेको छु ।
१५.गाउँपालिकाका सबै वडाहरुको सडक मर्मत संभार गरी बाह्रै महिना सवारी साधन संचालन गर्नका लागि सडक मर्मत संभार कोषमा रु.७० लाखको व्यवस्था गरेको छु ।
१६.स्थानीय स्तरमै लघु उद्यम विकास कार्यक्रम संचालन गर्न उद्यम विकास कोषमा आवश्यक बजेट विनियोेजन गरेको छु ।
१७.नेपाल सरकार र प्रदेश सरकारसँगको सहकार्यमा तथा गाउँपालिकाका पूर्वाधार तर्फका आयोजना संचालन गर्न समपूरक कोषमा रु. ४ करोड ५० लाखको व्यवस्था गरेको छु ।
१८. दुग्ध कृषकलाई दुग्ध व्यवसायमा प्रोत्साहन गर्नका लागि दुध उत्पादनमा आधारित अनुदान कार्यक्रममा रु. १२ लाख ८० हजारविनियोेजन गरेको छु ।
१९.नदि कटान रोकी बाढि पहिरो नियन्त्रण कार्यको लागी ग्याविन जालि खरीद गर्न रु.३० लाख बजेट विनियोजन गरेको छु ।
श्रद्धेय अध्यक्ष एवम सदस्य ज्युहरु,
अव म, यस गाउँपालिकाकोआयोजना तथा कार्यक्रम अनुसार अनुमानित विषयगत क्षेत्रको बजेटको विवरण प्रस्तुत गर्ने अनुमती चाहान्छु ।
२०.कृषि तथा पशुःमाछापुच्छ«ेगाउँपालिका कृषिमा अग्रणी गाउँपालिकाको रुपमा रहेकोछ । पशुपालन, दुग्ध व्यवसाय, कुखुरापालन, मत्स्यपालन लगायतका कृषि व्यवसाय व्यवसायीक रुपमा अघि बढाउन कृषकको मनोबल उच्च राख्दै कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण, र यान्त्रिकीकरण गर्न रु. १ करोड ५ लाख ७३ हजार ३ सय ७३विनियोजन गरेको छु ।
२१.पर्यटनः यस गाउंपालिकाको आर्थिक विकासको सबैभन्दा बढी सम्भावना भएको क्षेत्र पर्यटन रहेकोले आन्तरिक र बाह्य पर्यटन विकासको माध्यमद्धारा रोजगारी सृजना गर्दै समष्टिगत रुपमा गाउंपालिकाको आय वृद्धि गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको छु ।गाँउपालिकाका पर्यटकीय गन्तव्य प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न भिडियो डकुमेन्ट्रि निर्माण गर्न, गाउँपालिका भित्रका पर्यटकीय स्थलहरु प्राकृतिक, धार्मिक, ऐतिहासिक र साँस्कृतिक पक्षहरुको प्रचार प्रसार, संरक्षण र प्रबद्र्धन गनर्का साथै पर्यटकीय पदमार्गहरुको विकास गर्न रु. २९लाख ४७ हजार १ सय ४विनियोजन गरेको छु ।
२२. बित्त सहकारीः वित्तिय संस्थाहरु गाउंपालिकाको समष्टिगत आर्थिक विकासका महत्वपुर्ण औजारको रुपमा रहेका छन् ।सरकारी, नीजि र सहकारीको सहकार्यबाट मात्र आर्थिक समृद्धिहासिल गर्न सकिने तथ्यलाई आत्मसात गरि गाउंपालिकाको समष्टिगत विकासको लागि वित्तिय संस्था तथा सहकारी संग सहकार्य गरिने छ ।यसको लागि सहकारीको विकास र प्रवर्धनमा जोड दिइनेछ।
२३.बन, वातावरण तथा बिपद व्यवस्थापनःवाताबरण संरक्षणलाईदिगो विकासको लक्ष्य संग आवद्ध गरिने छ ।विकास निर्माणका कार्य गर्दा वातावरण संरक्षणलाई ध्यान दिइने छ । बनमा आधारित व्यवसाय विकासको लागि पहल गरिने छ । कोभिड१९ को असरलाई रोकथाम, नियन्त्रण तथा बिपद व्यवस्थापनको लागिरु.४८ लाख ९९ हजार ४ सय ८८ बजेटको व्यवस्था गरेको छु ।
२४.शिक्षाः सामुदायीक विधालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न निरन्तर अनुगमन गरिने छ । बिद्यालयको शिक्षक दरबन्दि मिलाउने कार्य अगाडी बढाइने छ । शिक्षाको गुणस्तरियता मापन गर्न अभिभावकको सन्तुष्टिलाई समेत सुचकको रुपमा लिने व्यवस्था मिलाइने छ । उत्कृष्ट विधालयलाई शिक्षक अनुदान उपलब्ध गर्न आवश्क रकम विनियोजन गरेको छु । समग्र शैक्षिक क्षेत्रको विकासका लागि रु. ९४ लाख २५ हजार बजेट विनियोजन गरेको छु ।वालविकास सहजकर्ता र अन्य कर्मचारीहरुको सेवा सुविधा वृद्धिको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
२५.स्वास्थ्यः स्वास्थ्य मानवको सबैभन्दा संबेदनशिल क्षेत्र हो ।यसको लागि बाल पोषण ,मातृ पोषण ,खोप कार्यक्रमलाई निरन्तरता दिएको छु ।स्वास्थ्य संस्थाको व्यवस्थापन र स्वास्थ्य विमा कार्यक्रमलाई समेत टेवा पुग्ने गरिप्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी संचालनलाई व्यवस्थित गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।“अति विपन्न, द्धन्द्धपिडित अपांग नागरिकको स्वास्थ्य विमा, माछापुच्छ«े गाउँपालिकाको जिम्मा” भन्ने नारालाई अंगीकार गर्दै विपन्न, गरिव, अपाङ्ग, अशक्त, द्धन्द्धपिडित नागरिकहरुको स्वास्थ्य विमा कार्यक्रमलाई संचालन गर्न,प्राथमिक स्वास्थ्य केन्द्रमा एकीकृत रुपमा संचालनमा रहेको आयुर्वेदिक स्वास्थ्य सेवा तथा योग कार्यक्रमलाई सुदृढ गर्न, उपाध्यक्षसँग गर्भवती सुरक्षा, सुत्केरी चुलो,मातृ सुरक्षा आकस्मिक कोष स्थापना तथा संचालन गर्न, बाह्रै महिना पुग्ने औषधी तथा उपकरणको व्यवस्था गर्न समग्र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि रु. ८९ लाख ४३ हजार बजेट विनियोजन गरेको छु ।
२६.सडकः गाउंपालिकाको सडक संजाललाई विकास र स्तरोन्नती गर्ने कार्यलाइ प्राथमिकता दिएको छु । गाउँपालिकालाई वडा कार्यालयसम्म,वडाबाट गाउँगाउँ जोड्न र समग्र गाउँपालिकाका सडकहरुको गुणस्तर बृद्धि गर्न रुं. १२ करोड ३५ लाख ४० हजार विनियोजन गरेको छु ।
२७.सिंचाईः कृषिको अग्रणी गाउँपालिकाको रुपमा रहेको यस गाउंपालिकामा सिंचाईको विकास गर्दैउत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरि खेतीयोग्य जमीनमा सिंचाइ सुविधा उपलब्ध गराउन साना तथा मझौला सिंचाइ योजनाहरु निर्माण र मर्मत सुधारका लागि रु. ७८ लाख ५० हजार विनियोजन गरेको छु ।
२८.लक्षित बर्गःमहिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि उद्यमशीलता विकास गर्ने र बालमैत्री स्थानीय शासनको अवधारणालाई अवलम्वन गर्न उपाध्यक्षसंग महिला तथा बालबालिका कार्यक्रम, आर्थिक अभाव भएका विपन्न तथा असहाय महिला (छात्रा) हरुका लागि उच्च शिक्षा शैक्षिक छात्रवृत्ति कार्यक्रम, महिला, बालबालिका, द्धन्द्धपिडित,अपांग,ज्येष्ठ नागरिक, उत्पिडित, दलित र जनजातीहरुको सशक्तिकरण गरि सामाजिक न्याय तथा समानता कायम गर्नको लागि रु. ५८ लाख विनियोजन गरेको छु । हिंसा पिडित महिलाहरुलाई तत्काल उद्धार गरि पुनस्र्थापनाका लागि लैङ्गिक हिंसा निवारण कोषको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
२९.सुशासन तथा संस्थागत सुधारः सुशासन विकासको मूल आधार हो । गाउँपालिका हरेक क्रियाकलापलाई पारदर्शी बनाइने छ । जन प्रतिनिधि र कर्मचारीको क्षमता विकास, लगायत कार्यालय र वडा कार्यालयको समग्र व्यवस्थापनमा सुधार गरिने छ । गाउँपालिकाको कर्मचारी प्रशासनलाई समसामयिक रुपमा सुदृढ, सक्षम र चुस्तदुरुस्त तुल्याउन विद्यमान शाखा इकाईहरुको कार्यक्षेत्र, कार्यक्रम, कार्यप्रकृति, कार्यबोझ र औचित्यताको आधारमा गाउँपालिकाको सँगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु । न्यायिक समितिको काम कारबाहीलाई प्रभावकारी बनाई नागरिकहरुलाई न्यायमा पहँुच पुर्याउने उद्धेश्यलेन्यायिक समिति मार्फत मेलमिलापकर्ताहरुलाई समेत परिचालन गरि न्याय सम्पादन गर्न रु.६ लाख ५० हजार विनियोजन गरेको छु ।

३०.युवा तथा खेलकुदः कोभिड १९ का प्रभावका कारण विदेशबाट फर्केका, बैदेशिक रोजगारीमा जान समस्यामा परेका, स्वदेशमा रोजगारी गुमाएका तथा बेरोजगार युवाहरुलाई लक्षित गरि स्वरोजगार कार्यक्रमहरु संचालन गर्न रु.७० लाख विनियोजन गरेको छु ।राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता संचालन गर्न रु. १० लाख विनियोजन गरेको छु । गाउँपालिका स्तरीय एवं वडा स्तरीय खेलमैदान निर्माण कार्यलाई निरन्तरता दिएको छु।
श्रद्घेय अध्यक्ष तथा सदस्य ज्यूहरु,
अव म आगामी आ.व. २०७८।०७९ को विषयगत क्षेत्र तर्फको बजेट विनियोजनको संक्षिप्त विवरण प्रस्तुत गर्न चाहन्छु ।
कुल विनियोजीत रकम५६ करोड ५८ लाख ९८हजार ४ सय ७१रुपैयाँमध्ये चालु तथा पूंजीगत शीर्षकमा विनियोजन गरेको बजेट यस प्रकार रहेको छ ।

३१. चालु खर्च तर्फपदाधिकारी सेवा सुविधा, कर्मचारी तलब तथा पारिश्रमिक, विद्यालयका प्रारम्भिक बाल विकास सहजकर्ता, लेखा कर्मचारी तथा अन्य कर्मचारीहरुको पारिश्रमिक, स्वास्थ्य स्वयं सेविका यातायात भत्ता, गाउँकार्यपालिकाको कार्यालय संचालन खर्च तथा प्रशासनिक कार्यक्रम खर्च र शशर्त अनुदानका सम्पूर्ण कार्यक्रमहरुमा रु. ३५ करोड ३ लाख ५० हजार विनियोजन गरेको छु ।
३२. पुंजीगत खर्च तर्फ ः रु.२१ करोड ५५ लाख ४८ हजार ४सय ७१ विनियोजन गरेको छु ।
जसमा
क. पूर्वाधार विकास तर्फ ः रु.१४,२२,२०,०००।०० ६५.९८प्रतिशत
ख. सामाजिक विकास तर्फ ः रु.५,१७,००,४३६।०० २३.९९ प्रतिशत
ग. आर्थिक विकास तर्फ ः रु.१,३८,७८,५४७।०० ६.४४प्रतिशत
घ. वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ ः रु.४८,९९,४८८।०० २.२७ प्रतिशत
ङ. सुशासन, संस्थागत क्षमता विकास तथा सेवा प्रवाह ः रु.२८,५०,०००।०० १.३२ प्रतिशत
विनियोजन गरेको छु ।
श्रद्घेय अध्यक्ष तथा सदस्य ज्यूहरु,
३३.उल्लेखित बजेट कार्यान्वयनको लागिसमग्र सहभागितात्मक पद्घतीबाट टोल, बस्ती, गाउं हुंदै गाउँ कार्यापालिकाबाट तय भएका अनुसुचीमा उल्लेखित आयोजना तथा कार्यक्रम र विनियोजित बजेट माथि छलफल तथा स्वीकृतीको लागि अनुरोध गर्दछु ।
श्रद्घेय अध्यक्ष तथा सदस्य ज्यूहरु,
३४.कोभिड–१९ महामारीको प्रभावका कारण तथा राजस्व आम्दानीमा कमीले बजेटको स्रोतमा संकुचन भएको अवस्थामा प्रस्तुत बजेटतथा कार्यक्रमहरुमा पनि प्रभाव पर्न सक्ने अनुमान गरेको छु ।
३५.प्रस्तावित बजेट तर्जुमा गर्दा गाउँपालिकाको आन्तरिक आय, संघीय सरकारबाट प्राप्त बजेट,प्रदेश सरकारबाट प्राप्त बजेट तथा प्राथमिकताका क्षेत्र, गाउंपालिकाको प्राथमिकताका क्षेत्रहरु, नागरिकबाट आवश्यक ठानिएका योजनाहरु, नागरिक समाज, गैर सरकारी संस्थाहरुलगायत सम्पुर्ण महानुभावहरु सबैको अमुल्य सुझावलाई उपलव्ध श्रोत साधनको सिमा भित्र रहि समेट्ने प्रयास गरेको छु ।
३६.गाँउपालिकाको स्रोत र क्षमता अनुसार विभिन्न समिति, उपसमितिहरु र गाँउकार्यपालिकामा व्यापक छलफल गरी बजेटलाई सन्तुलित र दिगो बनाउने प्रयास गरिएको छ । गाउँपालिकाको स्रोत साधनले समेट्न नसकेका ठूला योजनाहरु प्रदेश सरकार र केन्द्रीय सरकारको सहकार्यमा संचालन गर्न स्रोतको व्यवस्था गरेको छु । थप योजनाहरुको संचालनको लागि प्रदेश सरकार र संघीय सरकारमा पहल गरिने व्यहोरा समेत अनुरोध गर्न चाहन्छु ।

३७. अन्तमा, सबैको सकारात्मक, अर्थपुर्ण र साझेदारी युक्तसहयोगबाट मात्र बजेट कार्यान्वयनमा सफलता प्राप्त हुने कुरामा दुईमत हुन सक्दैन ।तसर्थ प्रस्तुत बजेट कार्यान्वयन,अनुगमन, मुल्यांकनमा आ–आफ्नो तर्फबाट सहयोग पु–याउन सम्पुर्ण जनप्रतिनिधिहरु,बुद्धिजिबीहरु, राजनैतिक दल, सरकारी, गैर सरकारी संघ संस्थाहरु, उद्योगी व्यवसायीहरु,नागरिक समाज, उपभोक्ता समितिहरु लगायत सरोकारवाला सम्पुर्णबाटमहत्वपुर्ण र सार्थकसहयोग प्राप्त हुने अपेक्षा गरेको छु । योजना छनौटमा सहयोग पु–याउनु हुने सम्पुर्ण महानुभावहरु, कर्मचारीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । प्रस्तुत बजेटर अनुसुचि ६ मा संलग्न आयोजना तथा कार्यक्रमहरुलाई यस सम्मानित सभाबाट गहन छलफलका साथ पारित गर्नहुनेछ भन्ने अपेक्षा गरेको छु ।
धन्यबाद !

उपाध्यक्ष कृष्णकुमारीपौडेल दवाडी
संयोजक
बजेट,नीति तथा कार्यक्रम समिति

 

Comments
Loading...