धान दिवसका अवसरमा भोलि सार्वजनिक बिदा

हिमाली आवाज । राष्ट्रिय धान दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले भोली असार १५  गते सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना जारी गर्दै मंगलबार जुम्ला बाहेकका प्रदेशका सबै जिल्लामा सार्वजनिक बिदा हुने जनाएको छ ।

नेपाली कृषकहरुले असार १५ मा दही–चिउरा खाएर धान दिवस मनाउँदै आएका छन् । यस दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा समेत लिइन्छ ।

Comments
Loading...