नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच सरलकर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरजबहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी–पत्रमा हस्ताक्षर गरी एक आपसमा समझदारीपत्र आदान प्रदान गर्नु भएको हो ।

नेपाल प्रहरीको तलवी बचत खाता आगामी ५ वर्षका लागि थप सेवासहित नविकरण गर्ने तथा विना धितो पेशाकर्मी सरल कर्जा उपलब्ध गराउने गरी उक्त समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कोभिड–१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाइजर हस्तान्तरण गर्नुभयो ।

उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालय प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, राष्ट्रिय बाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ब्रान्च अप्रेशन विभागीय प्रमुख सरोज बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

Comments
Loading...