वर्षाले क्षति पुगेको घरहरुको क्षतिपुर्ति उपलब्ध गराउन पहल गर्छुः सांसद बराल

हिमाली आवाज । गण्डकी प्रदेश सभा सदस्य रामजी प्रसाद बराल (जीवन) ले बर्षादका कारण पोखरा ३ नदीपुरमा क्षति भएको दुई घरको उचित क्षतिपुर्ति उपलब्ध गराउन आवश्यक पहल गर्ने बताउनुभएको छ ।

बिहीबार पोखरा नदीपुर स्थित ज्ञानमार्गका दुई घरमा भएको क्षतिको बारे बस्तु स्थिती बुझ्दै बर्षादका कारण क्षती भएका घरहरुलाई उचित क्षती पुर्ति उपलब्ध गराउन बिषेश पहल गर्ने उहाँले बताउनुभएको हो ।

असारे विकासको संस्कार अझै पनि कायम भएकोले गर्दा बर्षादको समयमा हुने पूर्वाधार निर्माणले थप समस्या ल्याउन सक्ने भएकोले थप सजग हुनु पर्ने सांसद बरालको भनाई छ । ढल निर्माणको क्रममा दुई घरमा पुगेको क्षतिको बिषयमा इन्जिनीयर सहित अन्य व्यक्तिहरु दोषी हुन सक्ने उहाँको भनाई छ । सोचमा परिवर्तन आउन नसक्दा पुरानै ढंगबाट काम हुने हुदा पनि विकाससंगै विनास निम्तिएको सांसद बरालको भनाई छ ।

पोखरा ३ कन्या मार्गका जयराम पाण्डे र देओबहादुर पुनको यही असार १३ गते राति आएको बर्षादको कारण घरको भिक्ताहरु चर्कीएको कन्या मार्ग उपभोक्ता समितिका अध्यक्ष महाविर थापाले बताउनुभयो ।

Comments
Loading...