कोरोना संक्रमणबाट माओवादी कास्की जिल्ला सदस्य विश्वकर्माको मृत्यु, पार्टी स्तव्ध

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्र कास्की जिल्ला कमिटीका सदस्य चित्रबहादुर विश्वकर्माको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१३ बाँझापाटन निवासी ५४ वर्षीय विश्वकर्माको आज विहान उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा निधन भएको हो । विश्वकर्मा माओवादी निकट दलित मुक्ति मोर्चा कास्कीको अध्यक्ष, कमल पोखरी ताल संरक्षण समितिको अध्यक्ष तथा भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहनुभएको थियो ।

यसैबीच माओवादी केन्द्र कास्की जिल्ला कमिटीले शोक विज्ञप्ति जारी गरी विश्वकर्माको असामयीक निधनले पार्टी स्तव्ध भएको जनाएको छ ।
जिल्ला सचिव बखानसिँह गुरुङले जारी गर्नुभएको विज्ञप्तिमा विश्वकर्माको निधनले सिँगो पार्टी र आन्दोलनलाई अपूरणीत क्षति पुगेको उल्लेख छ । विज्ञप्तिमा शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।

म्याग्दीको दरबाङमा जन्मिनुभएका विश्वकर्मा विसं २०३९ देखी पोखरामा बस्दै आउनुभएको थियो । उहाँ विसं २०५८ देखी माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धमा आवद्ध भई विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुनुभएको माओवादी कास्कीले जनाएको छ ।

Comments
Loading...